Prakash Adhikari August 7, 2020

केरला(भारत), २३ साउन(बीबीसी) । संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

विमानमा चालकदलका सदस्यसहित १ सय ९१ जना भएको बताइएको छ।

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

पाइलटसहित कम्तीमा दुई जनाको ज्यान गएको बीबीसीलाई बताइएको छ।

उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो ।

विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ ।

अहिले उद्धार कार्य भइरहेको बीबीसीले जनाएको छ ।

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

Share Now

Leave a comment.