Prakash Adhikari September 1, 2020

 

काठमाडौं, १६ भाद्र । कोरोना भाइरसविरुद्ध विकास गरिएका खोपको तेश्रो चरणको परीक्षणमा देशले पाउने लाभ सुनिश्चित नभइकन नेपाल सहभागी नहुने भएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने बताउनुभएको छ।

चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको थियो।

एक सङ्क्रामक रोग विज्ञले नेपालले लाभ पाउने सर्तमा मात्रै खोपको परीक्षणमा सहभागी हुनुपर्ने भन्दै परीक्षणमा जोडिनेभन्दा पनि खोप उत्पादनमा लागेका कम्पनीसँग वार्ता गर्न सुझाव दिनुभएको छ।

Binary options trading - Anjani kumar jha forex
परिषद्का अध्यक्ष डा. झाका अनुसार झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको छ।

डा. झाले भन्नुभयो “अहिले हामीले खोप विकास गरिरहेका संस्थासँग पत्राचार गरेर परीक्षणमा सहभागी हुन इच्छुक छौँ भनेर सोध्ने कुरा भएको छ।”

हाल तेश्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभएको छ।

“अहिलेसम्म चीनबाट मात्रै हामीलाई औपचारिक रूपमा पत्राचार गरिएको छ। हामीले आवश्यक वैज्ञानिक कागजपत्र माग गर्दै जवाफ पठाएका छौँ। वैज्ञानिक प्रस्ताव आएपछि सल्लाह गर्छौँ।”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
सर्त र सुविधासम्बन्धी छलफल
परीक्षणमा जानुअघि त्यसका विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले टुङ्गोमा पुग्न समय लाग्नसक्ने बताइएको छ।

परिषद्का अध्यक्ष डा. झाले प्रस्ताव आइसकेपछि पनि प्राविधिक विषयहरू निरूपण हुनुपर्ने जनाउनुभयो।

उहाँले भन्नुभयो, “परीक्षण सफल भयो भने नेपालीले खोप किन्न पाउने या नपाउनेपनि टुङ्गो लाग्नुपर्यो। मानिसहरूमा नकारात्मक असर देखियो भने के गर्ने टुङ्गो लाग्नुपर्छ।”

परीक्षणमा रहेका खोपहरू त्यसमा सहभागी मानिसहरूले निस्शुल्क पाउने व्यवस्था छ।

खोपका कारण कुनै नकारात्मक असर देखिए वा शारिरिक समस्या देखिए त्यसको उपचार गर्नुपर्ने र वीमाको व्यवस्था समेत गरिनुपर्ने डा. झा बताउनुहुन्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोपको नेपालमा पनि परीक्षण गर्न सकिने गरी निर्णय गर्ने जिम्मेवारी परिषद्लाई दिइएको छ।

उक्त निकायले दस्तावेज अध्ययन गरी प्रकियाहरू पूरा गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने र आवश्यक पर्दा सरकारले खोप किनेर पनि उपलब्ध गराउनसक्ने उहाँले जानकारी दिनुभयो।

विज्ञको राय

सङ्क्रामक रोग विज्ञ डा। अनुप सुवेदी अहिले राम्रा भनिएका खोपका ‘क्लिनिकल ट्रायल’ चार(पाँच महिनाअघि नै सुरु भएको भन्दै अब नेपालको ध्यान ती खोप प्रमाणित भए कसरी हासिल गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी खोपको परीक्षणमा इच्छुक हो भने त्यहि बेला कुरा गर्नु पर्थ्यो। यतिबेला प्रस्तावहरू लेखेर हामीलाई फाइदा हुन्छ जस्तो लाग्दैन।ू

डा. सुवेदीले भन्नुभयो, “हामी खोपको परीक्षणमा सहभागी भए बापत थुप्रै खोप सुरुमा पाउँछौँ वा विशेष प्राथमिकताका साथ खोप उपलब्ध गराइयो भने हामीलाई फाइदा हुनसक्छ।”

त्यस्तो परीक्षणका लागि ठूलो गृहकार्य चाहिने भन्दै उहाँले प्रभावकारी भएका खोप ल्याउन सरकारले संयन्त्र नै बनाएर खोप उत्पादनका अग्रणी देश र कम्पनीसँग सम्वाद अघि बढाउनुपर्ने बताउनुभयो।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १ सय २५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन्।

अघिल्लो साताको अन्त्यसम्म ९ खोपको तेश्रो चरण अन्तर्गत ठूलो सङ्ख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ।(बीबीसी)

Share Now

Leave a comment.