Prakash Adhikari September 5, 2020

तरुवा (ट्रिनिडाड एण्ड टोबाको), २० भाद्र । क्यारेबियन प्रिमियर लिग २०२० अन्तरगत नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध जमैका तलवाजले आफ्नो नवौं खेल शनिवार राति १२ बजे बार्बाडोस ट्राइडेन्ट्सबिरुद्ध खेल्दैछ।

जमैका यो खेल अगावै चौथो स्थान सुरक्षित गर्दै लिगको सेमीफाइनल प्रवेश गरिसकेको छ भने बार्बेडोसलाई यो खेल जितेपनि सेमिफाइनल पुग्न सक्ने अवस्था रहदैन, ऊ सेमीफाइनलको दौडबाट बाहिरिसकेको छ।

तैपनि यो खेल किन महत्वपूर्ण छ भने सीपीएलको सेमिफाइनलमा पहिलो र चौथो स्थानमा रहने तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमका बीच खेल हुनेछ । हालसम्म खेलिएका ८ वटा खेलमा नै शतप्रतिशत जित निकालेको ट्रिनबागो नाइट राइडर्स २ खेल खेल्न बाँकी रहँदै पहिलो स्थानमा रहँदै प्रवेश गरिसकेको छ। सो टिमसंग भिडेर चौथो स्थानमा रहेको टिमले फाइनलको सपना देख्नु त्यति सहज छैन् । तर आजसहित अर्को बाँकी एक खेल जित्दा भने सन्दीपको जमैका सीधै ट्रिबागो नाइट राइडर्ससंग भिड्नबाट जोगित सक्छ ।

सेमिफाइनलमा स्थान सुरक्षित गरेको गुयना अमेजन वारियर्सले आफूले पहिलो चरणमा खेल्ने सबै खेल समापन गरेर ६ जित निकाल्दै १२ अंक हासिल गरेको छ । हालसम्म तेस्रो स्थानमा रहेको सेन्ट लुसिया जुक्सले २ खेल बाँकी रहदा १० अंक पाएको छ । दुवै खेल जितेमा उसले दोस्रो स्थान सुरक्षित गर्ने छ । सन्दीपको जमैकाले दुई खेल बाँकी रहदा ७ अंक पाएको छ । आजसहितको अर्को एक खेलमा जित निकालेमा उ तेस्रो स्थानमा जान सक्छ । तर यसका लागि सेन्ट लुसियाले दुवै खेल हार्नुपर्दछ । यसो भएमा सन्दीपको जमैका सेमीफाइनलमा टिबांगो नाइट राइडर्ससंग टकराउनबाट जोगिने छ ।

सन्दीपको जमैकाले पहिलो खेल सेन्ट लुसियासंग खेल्यो र ५ विकेटले जित्यो । दोस्रो खेल ट्रिबागो नाइट राइडर्ससंग खेल्यो र ७ विकेटले पराजित भयो । तेस्रो खेलमा गुयना अमेजन वारियर्ससंग भिडेको जमैका १४ रनले पराजित भएको थियो । चौथो खेलमा गुयना अमेजन वारियर्सविरुद्ध भिडेको जमैकाले ५ विकेटको विजय निकाल्यो । पाँचौ खेलमा बार्बेडोसविरुद्ध भिड्दा जमैका३६ रनले पराजित भएको थियो ।

छैठौं खेलमा सेन्ट किट्स ३७ रनको जित निकालेको जमैका सातौँ खेलमा ट्रिबागों १९ रनले पराजित भयो भने आठौँ खेलमा सेन्ट किट्सविरुद्ध खेल्दै गर्दा भारी बर्षाको कारण सन्दीपको जमैका अंक बाड्न विवस भएको थियो ।

जमैकाको प्रतिद्धन्द्धी बार्बेडोस ट्राइडेन्ट्सले हालसम्मको ९ खेलमा २ मा जित र ७ हारमा हार व्यहोरेको छ ।
पहिलो खेल सेन्ट किट्सविरुद्ध खेलेको बार्बाडोसले ६ रनको जित निकालेको थियो । सेन्ट लुसियाविरुद्धको दोस्रो खेलमा भने बार्बाडोस ७ विकेटले पराजित भयो । तेश्रो खेल ट्रिनबागोसंग खेल्दा बार्बाडोस १९ रनले पराजित भयो । उसले सेन्ट किट्स विरुद्धको चौथो खेलमा पनि विजय निकाल्न सकेन ६ विकेटले पराजित भयो ।

पाँचौ खेलमा जमैकालाई ३६ रनले हराउदै जित निकालेको बार्बाडोसले त्यसपछिको छैठौं खेलमा ट्रिबागो नाइट राइडर्ससंग बार्बेडोस –२ विकेटले पराजित भयो । सातौँ खेलमा सेन्ट लुसियाविरुद्ध ३ रनले पराजित बार्बाडोस आठौँ खेलमा गुयना अमेजन वारियर्ससंग ८ विकेटले पराजित भएको थियो भने टिमको नवौं खेलमा उसैसंग ६ विकेटले पराजित भएको थियो ।

एकपटक आफूलाई हराइसकेको बार्बाडोससंग सन्दीपको जमैकाले जमेर खेल्न सकेन भने उसले सेमिफाइनलमा ट्रिबागो नाइट राइडर्स जस्तो सशक्त टिमको सामना गर्नुपर्ने छ र फाइनलको यात्रा तय गर्न कठिन हुनेछ ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

बार्बेडोस ट्राइडेन्ट्स टिम : राशिद खान, जेसन होल्डर, कोरे एण्डरसन, शम्राह ब्रुक्स, मिचेल स्यान्टनर, जोन्सन चार्ल्स, शाइ होप, हेडन वाल्स, यसले नर्स, जोनाथन कार्टर, रेमन रिफर, कल मेयर्स, जोशुवा बिशप, नईम योंग, जस्टिन ग्रेभ्स, केन हार्रडिंग, शायाँ जहाँगिर

Share Now

Leave a comment.