काठमाडौं, १२ माघ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समयमा उदयपुरमा भएको एम्बुस बिस्फोटमा परेर एउटा खुट्टा गुमाएकी नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य मिरा कटुवाललाई नेपाली जनसम्पर्क समिति इजरायलले आर्थिक सहयोग गरेको छ।
जनसम्पर्क समिति इजरायलकी कोषाध्यक्ष देवी खरेलको संयोजकत्वमा संकलित ९० हजार रुपैया बिहिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कटुवालको निवासमा नै पुगेर हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा जनसम्पर्क समिति इजालयलका पूर्व अध्यक्ष दिपेन्द्र थापाको समेत उपस्थिति थियो।
सहयोग रकम हस्तान्तरण गर्दै प्रवक्ता शर्माले सहयोग रकम जुटाउने सबैलाई धन्यवाद दिनुका साथैं लोकतन्त्रको पक्षमा लाग्दा विध्वंशकारीको आक्रमणमा परेकी कटुवाललाई अझैं सहयोगको आवश्यकता परेको बताए ।
सो अवसरमा घाइते कटुवालले लोकतन्त्रमा निर्वाध राजनीतिक गतिविधी गर्न पाउने अधिकारलाई रोक्न खोजेर हिंसात्मक गतिविधि गर्ने र आफूमाथी बम प्रहार गर्नेलाई कडा भन्दा कडा कारवाहि गर्न समेत माग गरिन्।