Prakash Adhikari September 10, 2020

 

काठमाडौं, २५ भाद्र । नेपालमा कोरोना संक्रमितहरुको संख्या साढे ५० हजारको निकट पुगेको छ ।

बिहीबार थप १ हजार २ सय ४६ जनामा कोभिड १९ पुष्टि भएको सँगै देशभरमा कोभिड १९ पुष्टि हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको हो।

संक्रमितमध्ये सक्रिय संक्रमित १४ हजार ४ सय ४८ जना छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। यसरी हालसम्म ३५ हजार ७ सय जना कोरोना मुक्त भइसकेका छन् ।

हाल संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् भने होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना छन्।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।

क्वारेन्टाइनमा भने ५ हजार ८ सय ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमितहरूमध्ये १ सय ६५ जना सघन उपचार कक्षमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै एकदिनमा ११ हजार १ सय ४४ पीसीआर परीक्षण भएको छ । हालसम्म भने नेपालमा कुल ८ लाख १० हजार ४ सय ८५ परीक्षण भइसकेको छ ।

विगत २४ घण्टामा नेपालमा  ५ जना मृतक थपिएका छन्।

अहिलेसम्म नेपालमा ३ सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

यो अवधिमा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमित कहाँका कति ?

बिहीवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ४ सय ९५ जना रहेका छन्।

भक्तपुरमा ३४ र ललितपुरमा ४३ गरी उपत्यकाका जिल्लामा कुल ५ सय ७२ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै सप्तरीमा ३५, सर्लाहीमा ४२, काभ्रेमा ३६, मकवानपुरमा ३५, कपिलवस्तुमा ४४, नवलपसारीमा ३७, बाँकेमा ७० र रूपन्देहीमा ५१ जना सङ्क्रमित थपिएका छन्।

अहिले ५ सय भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाडौं चितवन र रूपन्देही रहेका छन्।

सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन्।

मृतक कहाँका ?

बिहीवार मृत्यु पुष्टि भएका मध्ये काठमाडौं ५५ं वर्षीया महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै चितवनका ६२ वर्षीय र कपिलवस्तुमा २९ वर्षीय पुरुषको पनि गत २४ घण्टामा मृत्यु भएको छ।

Share Now

Leave a comment.