Prakash Adhikari September 29, 2020

 

काडमाडौं, १३ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध रुसमा विकास गरिएको खोप नेपाल ल्याउने संझौता भएको छ ।

रुसको राजधानी मस्कोस्थित रसियन डाइरेक्ट इन्भेष्टमेण्ट फण्ड(आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सका बीचमा यस सम्बन्धी संझौता भएको आरडीआईएफद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

आरडीआईएफ विश्वका प्रतिष्ठित कम्पनीहरुको वित्तीय र रणनीतिक लगानीकर्ताहरुसंग संयुक्त रुपमा रुसमा प्रत्यक्ष लगानी भित्र्याउने उद्देश्यले सन् २०११मा स्थापना गरिएको रुसको सार्वभौम सम्पत्ति कोष हो ।

Nepal to Receive 25mn Doses of Sputnik V: RDIF

यो संझौता सम्पन्न भएपछि ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले आफूहरु आरडीआईएफसंगको सहयोग र समन्वयको घोषणा गर्न पाउदा अति उत्साहित भएको बताउदै आफूहरु रुसले विकास गरेको स्पुतनिक–भी खोपको अन्तिम परीक्षणको परिणामको प्रतिक्षामा रहेको र नेपाल सरकारले स्वीकृति दिने वित्तिकै ती खोपहरु नेपाली जनताको सेवामा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रसियन डाइरेक्ट इन्भेष्टमेण्ट फण्ड : प्रेस विज्ञप्ति

नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स नेपालमा स्वास्थ्योपचारका सामानहरु आपूर्ति तथा वितरण गर्ने कम्पनी हो।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत क्रिरिल डिमिट्रिभले नोभल कोरोना भाइरस साझा शत्रु भएकोेले यसलाई साझा प्रयासले मात्र पराजित गर्न सक्ने बताउदै एशियाका अन्य साझेदारहरुले पनि यस खोपमा चासो देखाएकोले आफ्नो संस्था यस क्षेत्रका सबै मुलुुकहरुलाई स्पुतनिक भी खोप आपूर्ति गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

Day Two Of The World Economic Forum (WEF) 2018 : News Photo

उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा अगष्ट ११ मा पहिलो पटक दर्ता गरेको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताउनुभएको थियो ।

गत अगस्ट ११ मा स्पुतनिक ५ भ्याक्सिन रसियाको गमालिया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उत्पादन गरी त्यहाँको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।

Mass COVID-19 vaccination in Russia may start in fall - TeleTrader.com

स्पुतनिक ५ भ्याक्सिन कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन हो । यो ह्युमन एडेनोभाइरस भेक्टर प्लेटफर्ममा आधारित छ । यसको विभिन्न चरणका परीक्षणमा कुनै नकारात्मक परिणाम भेटिएको छैन् ।

गत सेप्टेम्बर ४ मा गरिएको अनुसन्धानमा फेज वान र फेज टुको क्लिनिकल ट्रायर गरिएको मेडिकल जनएल द ल्यान्सेटमा प्रकाशित छ ।

उक्त भ्याक्सिन आपूर्तिका लागि हालसम्म एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोप, सीआईएस लगायतले माग गरिरहेका छन् ।

यसअघि मेक्सिकोमा ३ करोढ २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १ सय करोड डोज र उजेब्किस्तानमा साढे ३ करोड डोजका आपूर्ती गर्ने घोषणा भइसकेको छ ।

हालसम्म यो भ्याक्सिन उत्पादनका लागि ४० हजार स्वयमसेवी खटिएका छन् भने यसको नतिजा ढिलोमा अक्टोबरदेखि नोभेम्बरसम्म आइसक्ने बताइएको छ ।

https://covid19data.com/2020/09/29/russia-signs-deal-to-supply-sputnik-v-vaccine-to-nepal/

Share Now

Leave a comment.