Prakash Adhikari September 29, 2020

काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालभरि विगत २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ। तीमध्ये ९ सय ३४ जना काठमाडौं उपत्यकाका हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७६ हजार नाघेको छ।

सो अवधिमा १० जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले मङ्गलवार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ४ सय ९१ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५५ हजार ३ सय नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७ सय ३१ जना रोगमुक्त भएका छन्।

कोरोनाभाइरस ब्यानर

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

सोमवार मन्त्रालयले १ हजार ३ सय ५१ सङ्क्रमित फेला परेको जनाएको थियो।

गत असोज २ गते एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

अहिले देशभरि २० हजार ३ सय ९६ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १० हजार ७ सय ७ जना घरमा र अन्य संस्थागत आइसोलेशनमा बसेको जानकारी मन्त्रालयले दिएको छ।

उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

विगत २४ घण्टामा १० हजार ८ सय ९१ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

अहिलेसम्म नेपालमा ५५ हजार ३ सय ७१ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२. ६ प्रतिशत हो।

गम्भीर लक्षण भएका २ सय १३ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये वाग्मती प्रदेशमा १ सय १० जना सघन उपचारमा र २६ जना भेन्टिलेटरमा छन्।

को हुन् सङ्क्रमित ?

अहिले ४५ वटा जिल्लामा सङ्क्रमित थपिएका छन्। तीमध्ये ५ सय ५६ महिला र ९ सय ५७ पुरुष छन्।

काठमाडौं जिल्लामा ७ सय ४७ जना, ललितपुर जिल्लामा १ सय १४ जना र भक्तपुर जिल्लामा ७३ जना गरी उपत्यकामा सर्वाधिक सङ्ख्यामा कोभिड १९ पुष्टि भएको हो।

त्यसैगरी मोरङमा १ सय १, सुनसरीमा ३२, चितवनमा ६२, बाँकेमा ४१ र रूपन्देहीमा ९५ जनामा पनि कोरोनाभाइरस सङ्क्रमण देखियो।

मन्त्रालयका अनुसार उपत्यकाबाहेक मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सङ्क्रमितको सङ्ख्या धेरै छ।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण.  असोज १३ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित.
अहिले काठमाडौं उपत्यकामा ११ हजार भन्दाबढी सक्रिय सङ्क्रमित छन्।

कहाँ छन् धेरै सङ्क्रमित ?

  • काठमाडौं : ९,१५३
  • भक्तपुरः ९८०
  • ललितपुरः १,१४१
  • मोरङः १,०४१
  • सुनसरीः ४८२
  • सिराहाः ६५२
  • चितवनः ७६३
  • रूपन्देहीः ८६९
  • सुर्खेतः ४४२

 

को हुन् मृतक ?

काठमाडौं र बाँकेमा तीन तीन तथा मोरङ, सर्लाही, महोत्तरी र चितवनमा एक( एक जना गरी कुल १० जनाको विगत २४ घण्टामा मृत्यु भएको हो।

मृतकमध्ये तीन महिला र सात पुरुष छन्।

उनीहरूको उमेर ३९ वर्षदेखि ७६ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

Share Now

Leave a comment.