Prakash Adhikari September 30, 2020

 

काठमाडौं, १३ असोज । नेपालमा विगत २४ घण्टामा १ हजार ५ सय ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९ सय २ जना काठमाडौं उपत्यकाका हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७७ हजार ८ सय नाघेको छ।

सो अवधिमा ७ जनाको कोरोना भाइरससँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

योसहित नेपालमा अहिलेसम्म ४ सय ९८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ भने निको हुने सङ्क्रमितको सङ्ख्या ५६ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार ५७ जना रोगमुक्त भएका छन्।

कोरोनाभाइरस

गत भदौ २४ देखि प्रत्येक दिन १  हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

मङ्गलवार मन्त्रालयले १ हजार ५ सय १३ सङ्क्रमित फेला परेको र १० जनाको मृत्यु भएको जनाएको थियो।

गत असोज २ गते एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. तीन साताको दैनिक वृद्धि .  .
अहिले देशभरि २० हजार ८ सय ९१ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये संस्थागत आइसोलेशनमा १० हजार ८७ र १० हजार ८ सय ४ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

विगत २४ घण्टामा १२ हजार २ सय ५ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

अहिलेसम्म नेपालमा ५६ हजार ४ सय २८ जना सङ्क्रमित निको भइसकेका छन्।यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.५ प्रतिशत हो।

गम्भीर लक्षण भएका २ सय १ सङ्क्रमित सघन उपचारमा र ३० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशमा ११० जना सघन उपचारमा र २३ जना भेन्टिलेटरमा छन्।

अहिलेसम्म ५६ हजार जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त।
अहिलेसम्म ५६,००० जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त. प्रदेशगत विवरण.  असोज ९ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .

को हुन् सङ्क्रमित ?

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाण्डू जिल्लामा २ सय ७४ महिला र ४ सय २३ पुरुषसहित ६ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो।

ललितपुरमा १ सय १२ जना र भक्तपुरमा ९३ जना गरी उपत्यकामा ९ सय भन्दा बढी सङ्क्रमित फेला परे।

त्यसैगरी मोरङमा ९८, सुनसरीमा ३८, चितवनमा ६२, मकवानपुरमा ३८, नवलपरासी पूर्वमा ४५, रूपन्देहीमा ७० र सुर्खेतमा ४१ सङ्क्रमित थपिएका छन्।

अहिले सङ्क्रमण पुष्टि हुनेमध्ये ५ सय ८२ जना महिला छन्।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण.  असोज १४ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .

काठमाण्डू उपत्यकाबाहिर मोरङ, सुनसरी, सिराहा, चितवन र भक्तपुरमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

को हुन् मृतक ?

अहिले कोरोना भाइरससँग सम्बन्धित कारणले मृत्यु हुनेमध्ये दुई महिला र पाँच पुरुष छन्।

उनीहरूको उमेर ३४ देखि ८६ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

सुनसरी, मोरङ, सप्तरी र रूपन्देहीमा एक(एक र काठमाडौंमा तीन जनाको सो अवधिमा मृत्यु पुष्टि भएको हो।

नेपालमा सङ्क्रमितको मृत्युदर ०.६५ प्रतिशत छ।(बीबीसी)

Share Now

Leave a comment.