दुबाई(संयुक्त अरब इमिरेट्सं), १७ असोज । भारतको चर्चित क्रिकट टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल) २०२० अन्तर्गतको १४ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउदै नतिजा हैदरावादलाई सुम्पियो ।
हैदरावादको लागि यो दोश्रो जित हो भने चेन्नाईको यो चौथो खेलमा तेस्रो हार हो ।
शुक्रबारको खेलमा चेन्नाईको लागि रभिन्द्र जडेजाले सर्वाधिक ५० रन तथा कप्तान धोनीले अविजित ४७ रन बनाए तर अन्य ब्याट्सम्यानले अपेक्षित रन जोड्न सकेनन् । फाप डु प्लेसिस २२ रन बनाएर आउट भए भने साम कुरानले १५ रन जोडे । खेलमा अम्बाती रायडूले ८, केदार जादबले ३ र शेन बाट्सनले १ रनको योगदान दिए ।
चेन्नाईलाई रोक्ने क्रममा हैदरावादले कसिलो बलिड. गर्यो । खेलमा थंगरासु नटराजनले सर्वाधिक २ तथा भुवनेश्वर कुमार र अब्दुल सामदले एक एक विकेट लिए।
हैदराबादको व्याटिड.

यसअघि टस जितेर ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
हैदरावादको लागि प्रियम गर्गले ५१,अभिषेक शर्माले ३४ मनिष पाण्डेले २९, कप्तान डेभिड वार्नरले २८, केएम विलियम्सनले ९ र अब्दुल सामादले ८ रन जोडेका थिए ।
चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक २ विकेट लिए भने पियुष चावला र शार्दुल ठाकुरले समान एक एक विकेट लिए।
अंकतालिका
जितपछि हैदरावादमा ४ खेलमा २ जित र २ हार सहित ४ अंक बटुल्दै अंकतालिकामा चौथो स्थानमा पुगेको छ। समान अंक रहेता पनि मुम्बई, दिल्ली, कोलकाता नेट रन रेटको आधारमा क्रमशः पहिलो देखि तेश्रो स्थानमा रहेको छ। राजस्थान र बैंगलोरको पनि समान ४ अंक रहेको छ।

हारपछि चेन्नाई भने ४ खेलमा मात्र १ जितको साथ २ अंक सहित पुछारमा रहेको छ। पन्जाबको पनि समान जित र हार त । उसले पनि २ अंक नै हासिल गरेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल आइतबार मुम्बई इण्डियन्सबिरुद्ध खेल्दैछ।
चेन्नाईले पनि आइतबार किंग्स ११ पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ।
शनिबार २ वटा खेल खेलिने छन्। पहिलो खेलमा बैंगलोर र राजस्थान ३ : ४५ बजे तथा दोश्रो खेलमा दिल्ली र कोलकाता ७ : ४५ बजे साँझ सुरु हुनेछ ।


















