Prakash Adhikari October 4, 2020

 

शारजहाँ (संयुक्त अरब इमिरेट्स), १८ असोज । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल) २०२० अन्तर्गत शनिवार सम्पन्न १६ औं खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । यो जितसंगै दिल्लीले ४ खेलमा तीन जित र एक हारसहित ६ अंक बटुलेर अंक तालिकाको शीर्षमा पुगेको छ।

शनिबार शारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २ सय १० रनमात्र जोडेर नतिजा दिल्लीको पक्षमा सुम्पियो ।

Image

कोलकाताको ब्याटिंगमा नितिश रानाले ३५ बलमा ४ चौका र ४ छक्का सहित ५८ रन , ओएन मोर्गनले १८ बलमा १ चौका र ५ छक्कासहित ४४ रन, राहुल त्रिपाठीले १६ बलमा, ३ चौका र ३ छक्कासहित३६ रन तथा शुबमन् गिलले २२ बलमा २ चौका र १ छक्का२८ रन बनाए। आन्द्रे रसेलले १३, प्याट्रिक जेम्स् कुमिन्सले ५, सुनिल नारायण र राहुल त्रिपाठीले समान ३। ३ रन तथा शिभम् माभीले एक रनको योगदान दिए ।

खेलमा ए नोर्टिजले ३, हर्षल पटेलले २ विकेट लिए भने अमित मिश्रा , मार्कस स्टोइनिस र कागीसो रवाडाले समान एक एक विकेट लिए।

दिल्लीको चमक

Image

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले ३८ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ८८ रन बनाए । यस्तै पृथ्वी शाँले ४१ बलमा ४ चौका र ४ छक्काको मद्दतले ६६ रन , श्रेयस ऐयरले १७ बलमा ५ चौका र १ छक्काको मद्दतले ३८ तथा शिखर धवनले १६ बलमा २ चौका र २ छक्काको मद्दतले २६ रन बनाए। त्यस्तै सिमरन एडिनल हेत्मयारले ७ र मार्कर पिटर स्टोइनसले एक रन बनाए ।

कोलकाताको बलिंगमा आन्द्रे रसेलले सर्वाधिक २ विकेट लिए। वरुण चक्रवर्ती र कमलेश नगरकोटीले समान १ विकेट लिए।

टिमको स्थान

चौथो खेलमा तेश्रो जित पछि दिल्ली ६ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।


समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै बैंगलोर दोश्रो स्थानमा झरेको छ। दिल्ली अघिल्लो खेलमा हैदरावादसंग १५ रनले पराजित भएको थियो भने त्यस अघि चेन्नाई र पञ्जाबलाई पराजित गरेको थियो।

कोलकाता हारपछि पाँचौ स्थानमा पुगेको छ जसले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। समान अंक रहे पनि मुम्बई र हैदरावाद नेटरन रेटमा कोलकाता भन्दा अघि रहेको छ।

दिल्लीले आगामी खेल सोमबार बैंगलोर बिरुद्ध खेल्नेछ। कोलकाताले बुधबार चेन्नाई बिरुद्ध खेल्नेछ।

लिग अन्तर्गत आइतबार पहिलो खेलमा मुम्बई र हैदरावादबीच शारजाहमा ३ ः ४५ बजे सुरु हुनेछ भने दोश्रो खेल पञ्जाब र चेन्नाई बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७ ः ४५ बजे सुरु हुनेछ।

Share Now

Leave a comment.