Prakash Adhikari October 4, 2020

 

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालतको आइतवारको काम प्रभावित बनेको छ ।

सर्वोच्च अदालतका अनुसार कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणका रिट हेर्नका लागि न्यायाधीश डा. मनोज कुमार शर्माको एउटा इजलास गठन गरिएको छ ।

‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन÷सेल्फ–आइसोलेसनमा रहनु भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’, सर्वोच्च अदालत प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘श्रीमान र कर्मचारीमा कोरोना संक्रमणको आशंका र कन्ट्याक्ट ट्रेसिङमा परेका श्रीमानहरू होम आइसोलेसनमा बसेका कारण अन्य सुनुवाइ स्थगित भएको छ,’ सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.