काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफलका लागि आज (आइतबार) अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नेकपाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमध्ये प्रखुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र निजी चिकित्सक डा.दिब्या शाहसहित सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायत ७४ जनालाई कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।
कारोना संक्रमण फैलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ ।


















