वाशिटन डी.सी.(संयुक्त राज्य अमेरिका), १९ असोज(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को उपचार भइरहेको अस्पतालबाहिर मोटरमा निस्केर उपस्थित समर्थकहरूको बीचमा पुगी सबैलाई अचम्ममा पारिदिनुभएको छ।
आफूले ुआश्चर्यजनक भ्रमणु गर्ने भनि ट्वीट गरेको केही क्षणमै उहाँ कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएको थियो।
महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आउनुभएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताउनुभयो।
यसअघि उहाँका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए।
डा. सीन कोन्लीका अनुसार राष्ट्रपति ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो।
Doctors, Nurses and ALL at the GREAT Walter Reed Medical Center, and others from likewise incredible institutions who have joined them, are AMAZING!!!Tremendous progress has been made over the last 6 months in fighting this PLAGUE. With their help, I am feeling well!
— Donald J. Trump (@realDonaldTrump) October 3, 2020
ट्रम्पले लिएको शिक्षा
यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ।
डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताउनुभयो।
ट्वीटमा राष्ट्रपति ट्रम्पले आफ्नो निम्ति साँच्चिकै विद्यालय गए जस्तो भएको बताउनुभएको छ।
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
राष्ट्रपतिले भन्नुभएको छ, ‘यो साँच्चिकै विद्यालय जस्तो छ। यो किताबहरूको विद्यालय होइन्। मैले त्यो पाएँ र बुझेँ। साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु।’
उहाँले कोरोनाभाइरस नियन्त्रणका निम्ति अपनाउनु पर्ने सावधानीको बेवास्ता गरेको भनि निकै आलोचना हुने गरेको थियो।
उहाँले सामाजिक दूरी नराखेको र मास्क नलगाएको तस्बिरहरू देखिने गरेका थिए।
राष्ट्रपति ट्रम्प सङ्क्रमित भएको कुरा शुक्रवार सार्वजनिक गरिएको थियो जसले उहाँको चुनावी अभियानलाई अन्योलमा पारिदिएको थियो। राष्ट्रपति ट्रम्प नोभेम्बर ३ तारिखमा हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइदनसंपग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
डाक्टरहरूको भनाई
वाल्टर रिड न्याश्नल मिलिटरी मेडिकल सेन्टर पत्रकार सम्मेलनमा डा. कोन्लीले ट्रम्पलाई कोरोनाभाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताउनुभएको थियो।
उहाँका अनुसार पहिलो पटक ह्वाइट हाउसमै त्यसो भएको थियो, जब राष्ट्रपतिलाई उच्च ज्वरो आएको थियो। त्यसबेला उहाँको अक्सिजनको मात्रा ९४ प्रतिशतमा झरेको थियो। जबकी स्वस्थ मान्छेमा त्यो ९५ प्रतिशत वा त्योभन्दा बढी हुन्छ।

डा. कोन्लीले राष्ट्रपतिलाई करिब एक घन्टा अतिरिक्त अक्सिजन दिइएको र त्यसपछि साँझ वाल्टर रीड लगिएको जानकारी दिनुभयो।
अमेरिकी सञ्चार माध्यमहरूमा व्यापक रूपमा समाचार आइसकेका थिए र डा. कोन्लीले शनिवार बिभिन्न प्रश्नहरूको जवाफ दिन अस्वीकार गर्नुभएको थियो।
दोस्रो पटक शनिवार अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल झरेपछि उहाँलाई प्रश्न गरियो।
तर राष्ट्रपतिलाई अक्सिजन दिएनदिएकोबारे उहाँले केहि बताउनुभएन। तर ुत्यसो गरिएको भए त्यो निकै सीमित भएकोु जवाफ दिनुभयो।
उहाँले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताउनुभयो।
अध्ययनहरूमा उक्त औषधी अस्पताल भर्ना भएका कोभिड १९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरेको देखिएको छ।


















