Prakash Adhikari October 5, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), १९ असोज । आईपीएल २०२० अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स् र महेन्द्र सिंह धोनी कप्तानीको चेनाई सुपर किंग्स विजयी भएका छन्।

शारजाह मैदानमा मुम्बईले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याउदा हैदरावाद ३४ रनले पराजित हुनपुग्यो भने पञ्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नाईले विकेटनै नगुमाई पूरा गर्यो।

पञ्जाबमाथि चेन्नाई हाबी

आईपीएल २०२० अन्तर्गत १८ औं खेलमा महेन्द्रसिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले किंग्स् ११ पञ्जाबलाई १० विकेटले पराजित गरेको छ।

दुबाई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नाईले विकेट नगुमाई १७.४ ओभरमै पूरा गरेको थियो।

चेन्नाईको जितमा ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको हात रह्यो । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतले अविजित ८३ रन बनाए भने डु प्लेसीले ५३ बलमा ११ चौका र १ छक्काको मद्दतले अविजित ८७ रन बनाए। वाटसन र डु प्लेसीले यस क्रममा नयाँ कीर्तिमान समेत कायम गरे। पहिलो विकेटको लागि १ सय ८१ रनको साझेदारी चेन्नाईको आईपीएल इतिहासकै पहिलो विकेटको लागि सर्वाधिक साझेदारी हो।

खेलमा पञ्जाबका रभी बिस्नोइ , हरप्रित ब्रर, शेल्डन कटरेल , क्रिस जोर्डन तथा मोहम्मद शामीको विकेट लिने प्रयास असफल रह्यो।

पञ्जाबको ब्याटिंग

यसअघि टस जितेर ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।

पञ्जाबको लागि कप्तान केएल राहुलले ५२ बलमा ७ चौका र १ छक्काको मद्दतले ६३ रन बनाए भने निकोलस पुरनले १७ बलमा एक चौका र ३ छक्काको मद्दतले ३३ रन मन्दिप सिंहले २७ रन, मायाँक अग्रवालले २६ रन, सरफराज खानले १४ र ग्लेन म्याक्सवेलले ११ रन बनाएका थिए।

Image
पञ्जाबलाई रोक्ने क्रममा चेन्नाईका शार्दुल ठाकुरले २, रभीन्द्र जडेजा र पियुष चावला समान एक एक विकेट लिएका थिए।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पराजित गरेको चेन्नाईले त्यसपछि लगातार ३ खेल हार्ने क्रममा राजस्थान, दिल्ली र हैदरावादसंग पराजित भएको थियो भने पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा पराजित भएपछि बैंगलोरलाई दोश्रो खेलमा ९७ रनले पराजित गरेको पञ्जाब त्यसपछि राजस्थान र मुम्बईसंग पराजित भएको थियो।

मुम्बईद्धारा हैदराबाद पराजित

आइतबार नै सम्पन्न १७ औं खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै लिगमा तेश्रो जित दर्ता गरेको छ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो।

IPL 2020: Sunrisers Hyderabad full squad 2020, players salary, key players, captain; All you need to know about SRH Total money spent in IPL 2020 | InsideSport

हैदरावादको लागि कप्तान डेभिड वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६० रन बनाएका थिए । खेलमा मनिष पाण्डेले ३०, जोनी बेयरस्टोले २५ , अब्दुल समदले २०, अभिशेष शर्माले १०,पीके गर्गले ८ र केन विलियम्सनले ३ रन बनाए।

हैदराबादलाई रोक्ने क्रममा मुम्बईका जस्प्रित बुम्राह , ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान दुई दुई विकेट लिए भने क्रुनाल पान्ड्याले १ विकेट लिए ।

मुम्बईको ब्याटिंग

यस अघि टस जितेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।

मुम्बईको लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६७ रन बनाए । खेलमा इशान किशनले ३१ हार्दिक पान्ड्याले २८ रन काइरन पोलार्डले २५ र क्रुनाल पान्ड्याले २० रन बनाएका थिए।

हैदरावादको बलिंगमा सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई दुई तथा राशिद खानले १ विकेट लिए ।

अंक तालिका

आइतबारको जितपछि चेन्नाई ५ खेलमा २ जित र ३ हार सहित ४ अंक बटुल्दै पुछारबाट अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान नेट रनरेटमा अघि रहँदै चौथो र पाँचौ स्थानमा रहेको छ। ४ अंकनै रहेको हैदरावाद सातौँ स्थानमा छ। हारपछि पञ्जाब ५ खेलमा १ जित र ४ हार सहित २ अंक सहित पुछारमा पुगेको छ।

५ खेलमा ३ जित र २ हापछि ६ अंक बटुल्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा दिल्ली र बैंगलोर दोश्रो र तेश्रो स्थानमा रहेका छन्।


आइतबारको खेलपछि हैदरावाद ५ खेलमा २ जित र ३ हारको नतिजा लिंदै ४ अंक सहित छैठौं स्थानमा रहेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान चौथो र पाँचौ स्थानमा रहेको छ।

मुम्बईले आगामी खेल मंगलबार राजस्थानसंग खेल्नेछ। हैदरावादले बिहिबार पञ्जाब बिरुद्ध खेल्नेछ।

चेन्नाईले आगामी खेल बुधबार अबुधाबीमा कोलकाता नाइट राइडर्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

लिग अन्तर्गत सोमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल ७ : ४५ बजे राति सुरु हुनेछ।

Share Now

Leave a comment.