Prakash Adhikari January 29, 2018

 

काठमाडौं, १५ माघ । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक सिंहदरबारस्थित नेकपा एमालेका संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत सहभागिता रहेको सो बैठकले आइतबार कार्यदलले प्रदेशको मुख्य मन्त्री, सभामुख, उपसभामुखको भागवण्डा र मन्त्री मण्डलको संख्यालाई अनुमोदन गर्ने विश्वास गरिएको छ ।

कार्यदलको हिजोको बैठकले गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेश मध्ये प्रदेश नं १, ३, ४ र ५ मा नेकपा एमालले र प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्री लिने गरी भागवण्डा मिलाएको छ ।

यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ ।

एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।

कार्यदलले प्रदेश मन्त्री मण्डलमा एमालेबाट ७० प्रतिशत र माओवादीबाट ३० प्रतिशत सहभागी गराउने प्रस्ताव पनि शिफरीस गरेको छ ।

Share Now

Leave a comment.