बाग्लुङ, २० असोज। यस बर्षको साउन र भाद्र महिनामा आएको पहिरो र बाढीमा परेर आफन्त र आवास गुमाएका स्थानीय बासिन्दालाई नेपाली कांग्रेसका नेता जित शेरचन नेतृत्वको राहत परिचालन टोलीले खाद्यान्न, लत्ताकपडा र अन्य भौतिक सामग्री प्रदान गरेको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र .२ बागलुङको ब्यानरमा बाढी पहिरो प्रभावित ढोरपाटन नगरपालिकाका वडा नं ७, ८ र ९ मा सो टोलीले राहत वितरण गरेको हो।
कांग्रेस नेता शेरचनकोे अगुवाईमा परिचालित राहत संकलन तथा वितरण समितिले आर्थिक र जिन्सी सामग्री जुटाएर प्राकृतिक प्रकोपमा परेर जीवन गुमाएका परिवारमा प्रतिमृतक रु ७००० का दरले(१६जना मृतकको परिवारमा) नगद सहयोग गरेको छ भने बस्ने घर पूर्ण क्षतिभएका ७५ घर परिवारलाई प्रति परिवार २ । २ बन्डल जस्ता पाता,३०।३० किलो चामल,५।५किलो चिउरा,एक एक कार्टून चाउचाउ, बिस्कुट, नुन, आँटा लगायतका खाद्य सामग्री प्रदान गरेको छ।

त्यस्तै नेपाली कांग्रेसको राहत परिचालन समितिले प्राकृतिक प्रकोपबाट घाइतेभएका ३ जनालाई प्रतिव्यक्ति रु ५ हजारका दरले आर्थिक सहयोग गरेको छ ।
गत प्रदेश सभाको निर्वाचनमा प्रत्याशी बन्नुभएका शेरचनको अगुवाईमा रहेको टीमले आंशिक क्षति भएका ४० घर परिवारलाई प्रति परिवार ३०।३० किलो चामल,५।५ किलो चिउरा,एक एक कार्टून चाउचाउ,बिस्कुट नुन आटा प्रदान गरेको छ।
नेपाली कांग्रेसको क्षेत्रीय समितिले भाडामा बसेका ,अपाङ्ग,एकल महिला गरी ३५ घर परिवार लाई प्रतिपरिवार ३० ।३० किलो चामल, ५ । ५किलो चिउरा,१। १ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा बितरण गरेको छ।
कोरोना संक्रमणको कारण मुलुक लकडाउन भएको बेलामा पनि आफ्नो निर्वाचन क्षेत्रलाई कर्मभूमि मान्दै विपन्न र आर्थिक सहयोगको खाँचो परेका परिवारमा उदार मनले राहत सहयोग बाड्नु भएका कांग्रेस नेता शेरचनको अगुवाईमा बाढिेपहिरो प्रभावित जनचेतना प्राथमिक विद्यालय सुप्राङ्गलाई १० बन्डल तथा लाकुरीबोट स्वास्थ्य चौकी, चौरासी लघु जलविद्युत आयोजना,फल्लेघर लघु जलविद्युत आयोजना,घट्टबत लघु जलविद्युत आयोजना र नेपाने देउराली खोला लघु जलविद्युत आयोजनालाई ४ । ४ बन्डल जस्ता पाता वितरण गरिएको छ ।

नेता शेरचनकै नेतृत्वमा ढोरपाटन नपा ७ का ५ परिवारलाई प्रति परिवार २ । २ बन्डल जस्तापाता गरी १० बन्डल जस्तापाता प्रदान गरिएको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय समितिको समेत सहभागिता रहेको राहत संकलन तथा वितरण समितिले बाढी पहिरो प्रभावित घर परिवार,विद्यालय,लघु जलविद्युत आयोजनालाई गरि १ सय ९४ बन्डल जस्तापाता सहित विभिन्न खाद्य सामग्री वितरण गरेको छ ।
आइतबार भएको राहत वितरण कार्यक्रममा कुल ४२ बयालिस लाख रुपैया बराबरको सामग्री वितरण भएको नेपाली कांग्रेसका नेता शेरचनले जानकारी दिनुभएको छ।
प्राकृतिक प्रकोप पीडितलाई गर्ने सहयोगको राहत संंकलन तथा वितरण कार्यमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाग्लुङका सभापति दिपेन्द्र थापा ,महासमिति सदस्य अर्जुन शेरचन क्षेत्रीय सभापति द्रोणँ कुँवर , गल्कोट नगरपालिका मेयर गैरे , तरुणदल बाग्लुङका कोषाध्यक्ष देबेन्द्र मगर लगायतको सहभागिता थियो।
राहत संकलन र वितरणमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य र पार्टी का विभिन्न भातृसस्था शुभेच्छुकहरुको उपस्थिति थियो।
राहत वितरण कार्यक्रममा बोल्दै कांग्रेस नेता शेरचनले नेपाली कांग्रेसको संगठन र युवाहरुको नेतृत्वलाई विश्वास गरेर देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।


















