Prakash Adhikari October 9, 2020

 

काठमाडौं, २३ असोज । सुमधुर सफ्ट भर्सनका गीत संगीतमार्फत नेपाली संगीतप्रेमीहरुको मन जित्दै आइरहेका गायक दाउत राई र गायिका दीपा लामाको युगल स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा प्रेमी प्रेमिका बिचको प्रेमको वर्णन गरिएको छ। दाउत राई र गायिका दीपा लामाको स्वरमा रहेको यस गीतलाई दाउतले नै संगीतबद्ध गर्नुभएको हो ।

गीतकारका रुपमा आफ्नो छुट्टै परिचय स्थापित गर्दै सिर्जनामा सक्रिय गीतकार अमर बान्तुले यस गीतको रचना गर्नुभएको हो । गीतमा उदयराज पौडलको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियो मोडल अभिषेक श्रेष्ठ र दीपिका लामा ब्लोनको रोमाण्टिक शैलीमा तयार भएको छ । प्रदीप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई म्युजिक भिडियोमा अब्बल मानिएका निर्देशक देवजंग थापाले छायांकन र निर्देशन गर्नुभएको छ। भिडियो गायक राईको अफिसियल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

विगत लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक राईका यसअघि “मन परो” , “लाग्छ तिमी यही छौ” बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्।

Share Now

Leave a comment.