काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।
विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १० जनाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । यो संगै कोरोनाबाट निधन हुनेको संख्या ६ सय पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।
विगत २४ घण्टामा अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या १ हजार ६ सय ८० पुगेको छ ।
त्यस्तै हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । सातै वटा प्रदेशको संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना रहेका छन् ।
हालसम्म भेन्टिलेटरमा ७५ जना र आइसीयूमा ३ सय १८ जना रहेका छन् ।
अहिलेसम्म ५ सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाहरुमा सुनसरी मोरड.काठमाडौ,ललितपुर,भक्तपुर, चितवन,रुपन्देही र सुर्खेत रहेका छन्
त्यस्तै कोरोनाले नछोएका जिल्लाहरुमा मनाड र मुस्ताड. रहेका छन् ।
मन्त्रालयले शुक्रबार १३ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।
योसहित पीसीआर परीक्षण भएकाहरुको सख्या ११ लाख ४५ हजार २ सय ३७ पुगेको छ ।