वीरेन्द्रनगर (सुर्खेत), २६ असोज । कर्णाली प्रदेशका मुख्य मन्त्री तथा सत्तारुढ दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा प्रदेश संसदीय दलका सचेतक गुलावजंग शाहमाथि कारबाही गरी उहाँको ठाउँमा नयाँ सचेतक सीता नेपाली नियुक्त गर्नुभएको छ।
मुख्यमन्त्री शाहीले सोमबार शाहलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिनुभएको छ।
पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’
साथै, शाहीले दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलाई नियुक्त गर्नुभएको छ।


















