Prakash Adhikari October 12, 2020

काठमाडौं, २६ असोज । नेपालमा थप ४ हजार ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार अपरान्हसम्म पछिल्लो २४ घन्टामा थप ४ हजार ४७ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २ सय ७७पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् ।

५६ प्रतिशत उपत्यकाका

सोमबार कोरोना पुष्टि भएका मध्ये राजधानी काठमाडौं उपत्यकाका ५६ प्रतिशत रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २ हजार २ सय ८३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार थपिएका मध्ये काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

मृतकको संख्या ६ सय ४५ पुग्यो

कोरोना भाइरसको संक्रमणको समेत कारणबाट विगत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोमबार सुनसरीका ३७, ८९ र ९० वर्षीय तीन पुरुष, काठमाडौँकी ७१ वर्षीय एक महिला र ६३ र ६७ वर्षीय दुई पुरुष, ललितपुरका ५० वर्षीय एक पुरुष, चितवनकी ४० वर्षीय एक महिला र रुपन्देहीका ७४ वर्षीय एक पुरुषको निधन हुन गएको छ ।

यो संगै मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

Share Now

Leave a comment.