Prakash Adhikari October 14, 2020

दुबाई(संयुक्त अरब इमिरेट्स), २८ असोज । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता मानिएको आईपीएल २०२० अन्तर्गत मंगलबार भएको२९ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको छ ।

यो जितसगै हैदराबाद जारी प्रतियोगिताका ८ खेलमा ५ हार ३ जितसहित ६ अंक बटुलेर एकस्थान उक्लेर छैठौं स्थान सुरक्षित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पहिले ब्याटिंग गर्दै चेन्नाईले दिएको १ सय ६८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरको खेलमा हासिल गर्न सकेन । उसले ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो।

Image

हैदरावादको लागि केन विलियमसनले ५७, जोनी बेयरस्टोले २३, प्रियम गर्गले १६, राशिद खानले १४ विजय शंकरले १२ रन, डेभिड वार्नरले ९, सहबाज नदिम ५, मनिष पाण्डे ४ तथा सन्दीप शर्मा र टी.नटराजनले एक एक रन बनाएका थिए ।

हैदरावादलाई रोक्ने क्रममा चेन्नाईका कर्ण र ड्वेन ब्राभोले समान २ विकेट लिए भने स्याम करण रभिन्द्र जडेजा र शार्दुल ठाकुरले एक एक विकेट लिए।

चेन्नाईको ब्याटिंग

Image

यस अघि टस जितेर ब्याटिंग रोजेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

चेन्नाईको लागि शेन वाटसनले ४२ अम्बाती रायडुले ४१, श्याम कर्णले ३१, कप्तान महेद्रसिंह धोनीले २१, रभिन्द्र जडेजाले अविजित २५ र दीपक चाहारले २ रनको योगदान दिएका थिए ।

चेन्नाईलाई रोक्ने क्रममा हैदरावादका सन्दीप शर्मा, टी नटराजन र खलिल खानले समान दुई दुई विकेट लिएका थिए ।

 

अंकतालिका 

जितपछि चेन्नाई सातौँ स्थानबाट एक स्थान प्रगति गर्दै छैठौं स्थानमा पुगेको छ। ८ खेलमा चेन्नाईको ३ जित र ५ हार पछि ६ अंक रहेको छ। समान खेलमा समान जित र हारपछि हैदरावाद नेट रन रेटमा चेन्नाई भन्दा एक स्थान माथि रहेको छ। समान अंक रहेको राजस्थान सातौँ स्थानमा रहेको छ।

बुधबार अंकतालिकाको दोश्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स् र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७ ः ४५ बजे राति सुरु हुनेछ।

Share Now

Leave a comment.