Prakash Adhikari October 14, 2020

 

काठमाडौं, २८ असोज । नेपालमा विगत २४ घण्टामा २ हजार ६ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये १ हजार ४ सय ३ जना काठमाडौं उपत्यकाका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप १२ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।

नेपालमा अहिलेसम्म ६ हजार ७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १ सय ७४ सङ्क्रमित रोगमुक्त भएका छन्।

सोमवार मन्त्रालयले ४ हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

अहिलेसम्म नेपालमा ८० हजार ९ सय ५४ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६८.६ प्रतिशत हो।

कहाँ छन् सक्रिय सङ्क्रमित ?

अहिले देशभरि ३६ हजार ३ सय ६७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी १३ हजार ५ सय ७१ जना छ।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज ९ गते अपराह्णसम्मको तथ्याङ्क .  .
गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

कोरोनाभाइरस ब्यानर

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये ९ सय ९६ जना काठमाडौं जिल्लाका, १ सय २ जना भक्तपुरका र ३ सय ५ जना ललिपुरका हुन्।(बीबीसीबाट)

Share Now

Leave a comment.