Prakash Adhikari October 14, 2020

 

काठमाडौं, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पनि आफ्ना अध्यक्षद्धयले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस खाएको भन्ने आरोप पुष्टि गर्ने प्रमाण पेश गर्न जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर बाबुरामलाई भ्रमको खेती नगर्न पनि आग्रह समेत गर्नुभएको छ।

अपुष्ट र मनगढन्ते अभिव्यक्ति दिएर सनसनी फैलाएउदै वरिष्ठ नेताहरुको मानमर्दन गर्ने अभिव्यक्ति दिएकोले डा. भट्टराइलार्ई सबैसग क्षमा माग्न पनि नेकपाले सुझाव दिएको छ ।

‘राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ,’ प्रवक्ता श्रेष्ठले भन्नुभएको छ।

अध्यक्षद्वय ओली र प्रचण्डले बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस खाएको भन्ने डा.बाबुराम भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत र दुरासयपूर्ण रहेकोले खारेज गरिएको नेकपाको जिकीर रहेको छ।

केही दिनअघि बाबुरामले गोरखामा आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको आरोप लगाउनुभएको थियो ।

त्यस लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सभापति देउवाले कमिसन खाएको भन्ने आरोपको पुष्टि गर्न डा. भट्टराईलाई चुनौती दिनुभएको थियो।

Share Now

Leave a comment.