काठमाडौं, २ असोज । अपि पावर कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण थालेको छ।
शनिबार आयोजित विशेष कार्यक्रमको बीचमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले आयोजनाको शिलान्यास गर्नुभएको थियो।
कम्पनीले यो आयोजनाको निर्माणका काम २० महिनामा सक्ने लक्ष्य लिएको छ। आयोजनाको लागत ७ अर्ब ४० करोड रहने अनुमान छ।
कम्पनीले कुल लागतको ३० प्रतिशतले हुने रकम जोगाड गर्न २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्दैछ। ७० प्रतिशत रकम ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सहमति भइसकेको छ।


















