Prakash Adhikari October 18, 2020

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १ कार्तिक । भारतको चर्चित क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल) २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ३४ औं खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिंग गर्दै चेन्नाईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले ५ विकेट गुमाएर १९.५ ओभरमा पूरा गरी आईपीएलमा सातौं जित दर्ता गरेको छ।

Image

दिल्लीको लागि शिखर धवनले अविजित १ सय १, मार्कस स्टोइनिसले २४ , कप्तान श्रेयस ऐयरले २३ , अक्षर पटेलले २१, अन्जिक्य मधुकर रहानेले ८ र एलेक्स टाइसन केरीले ४ रनको योगदान दिएका थिए ।

दिल्लीलाई रोक्ने क्रममा चेन्नाईका दिपक चाहरले २ तथा ड्वेन ब्राभो , श्याम करण र शार्दुल ठाकुरले एक एक विकेट लिए।

चेन्नाईको ब्याटिंग

Image

यस पहिले टस जितेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

चेन्नाईको लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ५८ रन बनाए भने अम्बाति रायडुले अविजित ४५ रन बनाए । त्यस्तै रभिन्द्र जडेजाले अविजित ३३ रन भने शेन वाटसनले ३६ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले ३ रन मात्र जोड्न पाए ।

चेन्नाईलाई रोक्ने क्रममा दिल्लीका एनरिक नोर्कियाले सर्वाधिक २ तथा कागीसो रबाडा र तुसार देशपाण्डेले एक एक विकेट लिएका थिए ।

अंकतालिका र आगामी खेल


जित पछि दिल्ली ९ खेलमा ७ जित र २ हार सहित १४ अंक बटुल्दै पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ। समान १२ अंक रहेको मुम्बई र बैंगलोर दोश्रो र तेश्रो स्थानमा रहेको छ। हारपछि चेन्नाई छैठौं स्थानमा झरेको छ। ९ खेलमा चेन्नाईको यो छैठौ हार हो। समान ६ अंक रहेता पनि हैदरावाद नेट रन रेटमा अघि रहँदै छैठौं स्थानमा पुगेको छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल राजस्थान बिरुद्ध सोमबार तथा दिल्लीले पञ्जाब बिरुद्ध मंगलबार खेल्ने छन्।

आइतबार पनि २ खेल हुनेछन् जस अन्तर्गत पहिलो खेलमा ३ ः ४५ बजे बेलुका हैदरावाद र कोलकाता ताथा ७ ः ४५ बजे राति मुम्बई र पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।

आईपीएल २०२० का ३४ खेल सम्पन्न भएर आफ्नो टिमले ९ खेल खेल्दा पनि नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले मैदानमा उत्रिने मौका पाएका छैनन् ।

दिल्लीका कप्तान सन्दीपलाई नउतारिकनै टीमलाई शीर्ष स्थानमा लगिरहेका दिल्लीका कप्तान श्रेयस ऐय्यरले उनलाई कहिले मैदानमा उतार्छन निकै प्रतिक्षाको विषय बनेको छ ।

यद्यपि खेलाडीहरु घाइते बनेर आराम लिन परेकोले टिमका एघार खेलाडीमा परिवर्तन भने भैरहेको छ ।

लिग चरणमा मौका नपाएका सन्दीपको भाग्य प्लेअफ चरणमा चम्किन पनि बेर लाग्ने छैन् ।

Share Now

Leave a comment.