Prakash Adhikari October 20, 2020

काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन्।

सोमबार र मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले भट्टराईलाई शक्तिशाली संघीय परिषद् अध्यक्षमा चयन गरेको हो।

सो पार्टीले परिषद्लाई केन्द्रीय समितिभन्दा पनि माथिल्लो निकायको रुपमा स्थापित गरेको छ।

पार्टीको हालै सम्पन्न बैठकले जसपाको विधान संशोधन गर्दै केन्द्रीय कार्यकारिणी समिति संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ ।

केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ। दल दर्ताको समयमा पदाधिकारी राख्ने विषयमा विवाद भएपछि डा. भट्टराईलाई पार्टीको वरिष्ठ नेताको रुपमा केन्द्रीय समितिमा राखिएको थियो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच वैशाख ९ गते पार्टी एकता भएर जनता समाजवादी गठन भएको थियो।

Share Now

Leave a comment.