Prakash Adhikari October 23, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), ७ कार्तिक । भारतको चर्चित टी २० प्रतियोगिता इण्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं संस्करण अन्तरगत युएईमा भएको ४० औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदरावादले मात्र २ विकेट गुमाएर १८.१ ओभरमै हासिल गर्यो।

हैदरावादको लागि मनिष पाण्डेले अविजित सर्वाधिक ८३ रन, बिजयशंकरल ५२, जोनी बियरेस्टोले १० र डेभिड वार्नरले ४ रन बनाएका थिए ।

हैदरावादलाई रोक्ने क्रममा राजस्थानका जोफ्रा आर्चरले २ विकेट, राहुल तेवतिया, श्रेयस ग्पाल , बेन स्टोक्स र कार्तिक त्यागि विकेटविहिन रहे।

राजस्थानको ब्याटिंग

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

यस अगाडि राजस्थानको लागि संजु स्यामसनले ३६,बेन स्टोक्सले ३०, रियान परागले २०, रोबिन उथप्पा र स्टिभ स्मिथले समान १९ । १९ तथा जोफ्रा आर्चरले अविजित १६ , जोश बटलरले ९ र आहुल टेबटियाले २ रन बनाएका थिए ।

राजस्थानलाई रोक्ने क्रममा हैदरावादका जेसन होल्डरले सर्वाधिक ३ विकेट तथा राशिद खान र विजय शंकरले समान एक एक विकेट लिए।

अंकतालिका र आगामी खेल


जितपछि अंकतालिकामा सातौँ स्थानमा रहेको हैदरावाद १० खेलमा चौथो जितपछि ८ अंक बटुल्दै पाँचौ स्थानमा उक्लेको छ। समान ८ अंक रहेता पनि पञ्जाब र राजस्थान नेट रनरेटमा पछि रहँदै छैठौं र सातौँ स्थानमा पुगेका छन्।

आजको जितपछि हैदरावादले अन्तिम ४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। समान १० खेल खेल्दा पञ्जाब, राजस्थान र हैदरावादको समान ४ जित र ६ हार हुँदा शीर्ष ४ मा प्रवेशको दौड थप रोमान्चक बनेको छ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल पञ्जाबबिरुद्ध शनिवार तथा राजस्थानले आइतबार मुम्बईबिरुद्ध खेल्नेछ।

शुक्रबारको खेलमा शारजाह मैदानमा चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.