Prakash Adhikari October 29, 2020

 

आबुधावी(संयुक्त अरब इमिरेट्स), १३ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तरगत भएका खेलमा दोस्रो चरणमा प्रवेश गर्ने पहिलो टिम मुम्बई इण्डियन्स भएको छ ।

आईपीएल २०२० अन्तर्गत बुधबार आबुधावीस्थित शेख जायद स्टेडियममा सम्पन्न ४८ औं खेलमा बैंगलोरलाई ५ विकेटले पराजित गर्दै १२ औं संस्करणको विजेता टिम मुम्बईले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

Image

खेलमा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै मुम्बईले आफ्नो प्लेअफ यात्रा सुनिश्चित गरेको हो ।

मुम्बईको लागि सूर्यकुमार यादबले ७९, इशान किशनले २५, क्विन्टन डी ककले १८, हार्दिक पान्ड्याले १७, क्रुनाल पान्ड्याले १०, सौरभ तिवारीले ५ तथा काइरन पोलार्डले अविजित ४ रन बनाए।

मुम्बईलाई रोक्ने क्रममा बैंगलोरको बलिंगमा युजभेन्द्र चहल र मोहम्मद सिराजले समान २ । २ विकेट लिए भने क्रिस मोरिस विकेट लिए।

बैंगलोरको ब्याटिंग

Image

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

बैंगलोरको लागि ओपनर देभदत्त पडिक्कलले ७४, अर्का ओपनर जोश फिलिपले ३३, एबी डी भिल्लीयर्सले १५, गुरकिरात सिंहले अविजित १४, वासिंगटन सुन्दरले अविजित १०, कप्तान बिराट कोहलीले ९ रन, क्रिश मोरिसले ४ र शिभम् दुवेले २ रन बनाएका थिए ।

बैंगलोरलाई रोक्ने क्रममा मुम्बईका जस्प्रित बुम्राहले ३ तथा ट्रेन्ट बोल्ट , राहुल चाहर र काइरन पोलार्डले समान एक एक विकेट लिए।

अंक तालिका र आगामी खेल


बैगलोरलाई पराजित गरेपछि प्रतियोगिताका १२ खेलमा ८ जित र ४ हारको साथ १६ अंक बटुल्दै मुम्बईले प्लेअफको यात्रा तय गरेको छ । चेन्नाई सुपर किंग्स प्लेअफ रेसबाट बाहिरिएको छ भने अन्य टिमको प्लेअफ सम्भावना अझै जीवितै रहेको छ।

हारपछि बैंगलोर १२ खेलमा ७ जित र ५ हार पछि १४ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान अंक रहे पनि दिल्ली नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ। बैंगलोरले प्ले अफ पुग्न बाँकी २ खेल मध्ये १ खेल जित्नुपर्ने छ।

बैंगलोरले आगामी खेल शनिवार हैदरावादबिरुद्ध तथा मुम्बईले शनिवारनै दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ।

लिग अन्तर्गत बिहिबार चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share Now

Leave a comment.