लण्डन(संयुक्त अधिराज्य), ११ कार्तिक(बीबीसी) । तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप।
प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे।
उनी अनेकौँ विवादमा परे।
लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे।

सन् २०१८ को विश्वकपमा म्याराडोनाले आर्जेन्टिनाको समूह खेलमा उपस्थिति जनाएका थिए
छोटा मिठा फुटबल प्रतिभा
उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए।
छानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।
उनले ४ सय ९१ वटा खेलमा २ सय ५९ गोल गरे।
फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकाय फिफाद्वारा मतदान नियम परिवर्तन गरेर दुवै खेलाडी सम्मानित हुनुअघि उनले २० औँ शताब्दीका महान् खेलाडी निर्धारण गर्न आफ्ना दक्षिण अमेरिकी प्रतिस्पर्धीसँगै एउटै पोलमा उभ्याएका थिए।
म्याराडोनाले सानै उमेरदेखि विलक्षण प्रतिभा देखाए। जुनिअर टोली ला सेबोलिटसको नेतृत्व गर्दा उक्त टोलीले अपराजित १ सय ३६ वटा खेल खलेको थियो। त्यसपछि १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेलमा अवसर पाए।

पाँच फुट पाँच इन्चका छोटा र गठिला। तर बल छल्ने कला, फुर्तिलोपन, अवसर छोपाइ, बलमाथिको नियन्त्रण, बल घुमाउँदै पास दिने क्षमताले गतिको कमी र यदाकदाको वजन समस्याको पूर्ति गरेको थियो।
‘ईश्वरको हात र शताब्दीको गोल’
आर्जेन्टिनाका निम्ति ९१ खेलमा ३४ गोलले उनको अन्तर्राष्ट्रिय खेलजीवनको केवल एउटा पाटो देखाउँछ।
उनको नेतृत्वले मेक्सिकोमा देशलाई सन् १९८६ को विश्वकप जितायो र चार वर्षपछि फाइलनमा पुर्यायो।
अघिल्लो खेलको क्वार्टरफाइलनको विवादपछि त्यसले उनको जीवनलाई प्रभावित पार्ने पूर्वाभास थियो।
६० वर्षको उमेरमा म्याराडोनाको मृत्यु
आर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप जिताउन सघाउने महान् खेलाडीको हृदयाघातपछि मृत्यु
३४ गोल : आर्जेन्टिनाका लागि ९१ खेलमा
२ चोटि आर्जेन्टिनाको कप्तानका रूपमा विश्वकप फाइनलसम्म
४ वटा विश्वकप फुटबलमा सहभागी
२ चोटि नापोलीलाई सिरी ए उपाधि
इङ्ग्ल्यान्डविरुद्धको खेल त्यसै पनि निकै सङ्घर्षपूर्ण थियो। किनकि दुई देशबीच चार वर्षअघि मात्रै फोकल्यान्डस युद्ध भएको थियो।
खेल सुरु भएको ५१ मिनेट सकिए पनि गोल हुन सकेको थिएन। म्याराडोना विपक्षी गोलरक्षकलाई रोक्न उफ्रिए र बललाई जालीभित्र छिराए।
पछि उनले भनेका थिए- गोल भयो, ‘थोरै म्यारानोडाको टाउकोलाई र थोरै ईश्वरलाई धन्यवाद।’
चार मिनेटपछि त्यसैलाई शताब्दी गोल अर्थात् गोल अफ द सेन्चुरी’ को रूपमा वर्णन गरियो।
‘त्यो भव्य थियो भन्नुपर्छ। गोलबारे कुनै सन्देह छैन। त्यो साँच्चिकै विशुद्ध फुटबल प्रतिभा थियो’, बीबीसीका टिप्पणीकार बेर्री ड्याभिसले भनेका थिए।
म्याराडोनाले एउटा खेल जित्नुभन्दा पनि अङ्ग्रेजलाई परास्त गर्नु महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए।
नापोलीका हिरो विवादको घेरामा
उनले दुई पटक खेलाडी खरिदको विश्व किर्तिमान कायम गरेका थिए।
बोका जुनिअर्स छाडेर स्प्यानिस बार्सिलोनाका निम्ति सन् १९८२ मा ३० लाख पाउन्डमा विक्री भएका उनी दुई वर्षपछि ५० लाख पाउन्डमा इटलीको नापोली क्लबमा सरे।
इटलीको स्टुडियो सान पाओलोमा हेलिकप्टरमा उनी पुग्दा त्यहाँ ८० हजार प्रशंसक थिए। उनी एक नयाँ हिरो थिए।
उनले इटलीमा आफ्नो खेल जीवनको उत्कृष्ट क्लब फुटबल खेले।

तर उनी आपराधिक सङ्गठन क्यामोर्वासँग जोडिए, कोकेनको लतमा परे र पारिवारिक मुद्दामा फस्न पुगे।
डोपिङ परीक्षणमा पोजिटिभ देखिएपछि उनले १५ महिनाको प्रतिबन्ध समेत बेहोर्नुपर्यो।
अवकाशपछिको जीवन
परीक्षणमा तेस्रो पटक पोजिटिभ देखिएपछि उनले आफ्नो ३७ औँ जन्मदिनमा फुटबलबाट सन्न्यास लिए। तर समस्याहरूमा पर्ने क्रम रोकिएन।
म्याराडोनालाई पत्रकारहरूमाथि गोली चलाएको पहिलाको एउटा घटनामा दुई वर्ष १० महिनाको निलम्बित जेल सजाय दिइयो।
कोकेन र मादक पदार्थ सेवन गर्ने बानीले उनको स्वास्थ्य समस्या गम्भीर बनायो। एक बखत उनको तौल बढेर १ सय २८ किलोग्राम भयो। सन् २००४ मा हृदयाघात भएपछि सघन उपचार कक्षमै भर्ना गर्नुपरेको थियो।
मोटोपन रोक्ने प्रयासमा उनको ग्यास्ट्रिक-बाइपास शल्यक्रिया गरिएको थियो।
लागुपदार्थ दुर्व्यसनबाट मुक्ति पाउन सङ्घर्ष गरिरहेका बेला उनले क्युबामा शरण मागे।
म्याराडोनाले क्युबाको भ्रमण गर्दा राष्ट्रपति फिडेल क्यास्त्रोसँग भेट गरेका थिए

म्याराडोनाले क्युबाको भ्रमण गर्दा राष्ट्रपति फिडेल क्यास्त्रोसँग भेट गरेका थिए
यस्ता अनेक झमेलाबीच सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीका व्यवस्थापक बने।
तर जर्मनीसँग क्वार्टरफाइनलमा ४-० ले हारेपछि उनले उक्त जिम्मेवारी परित्याग गरे।
उनको भूमिकालाई लिएर समाचारमा प्राथमिकता पाए र उनीप्रतिको दृष्टिकोण पनि विभाजित बनेको देखियो।
अपमानजनक, प्रेरक, मनोरञ्जक, महान्, उचाइभन्दा माथि अर्थात् डिएगो म्याराडोना। एक असामान्य जीवन।



















