Prakash Adhikari November 26, 2020

काठमाडौं, ११ मंसिर। नेपालको निजी क्षेत्रको छाता संगठन मानिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आज ११ : ३० बजे देखि सुरु भएको छ ।

महासंघको साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महासंघको साधारणसभामा शनिबार निर्वाचन हुने कार्यतालिका छ । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष पदेन अध्यक्ष हुने भएकोले निर्वाचनमा अध्यक्ष बाहेकका पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । बरिष्ठ उपाध्यक्षका लागि वर्तमान कार्य समितिका एशोसियटतर्फका उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान ले प्यानलै सहित उम्मेद्वारी दिनुभएको छ ।

उम्मेद्वार र मतदान

ढकालको प्यानलमा जिल्ला नगरमा गुणनिधि तिवारी, एशोसियटमा रामचन्द्र संघाई र वस्तुगतमा उमेशलाल श्रेष्ठ रहनुभएको छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहबाट कार्यकारिणी सदस्यमा १५ उम्मेद्वार रहेका छन् । ढकाल समूहबाट भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, भरत ढकाल, अबिनास बोहरा, अम्बिका पौडेल, कृष्णलाल महर्जन, देशबन्दु बस्नेत (अजित), बाबुकाजी कार्की, बासुदेव गौतम, रामकृष्ण प्रसाई, रेखा घिमिरे, बिराट थापा, शुसील थापा र संजय गिरी उम्मेद्वार हुनुहुन्छ ।

प्रधानको प्यानलबाट जिल्ला नगरमा उपाध्यक्षमा दिनेश श्रेष्ठ,एशोसियटमा सौरभ ज्योति तथा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ रहनुभएको छ ।

प्रधान समुहबाट एशोसियट उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका सौरभ ज्योतिले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । जसमा अहिलेसम्म १६ जनाको मात्रै नाम छ ।

प्रधान समूहबा शाहिल अग्रवाल, विजयसिंह वैद्य, ज्योत्सना श्रेष्ठ, रञ्जितराज आचार्य, अशोककुमार टेमानी, कृष्णप्रसाद दुलाल, आनन्द बगरिया, राजेशकुमार अग्रवाल, मङ्गेशलाल श्रेष्ठ, प्रवलजङ्ग पाण्डे र सुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा, शक्तिकुमार बेगानी, उदीप श्रेष्ठ, शैलेन्द्र गुरागाईं र मदनलाल जोशी हुनुहुन्छ ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनबाट चयन हुने ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिको सूचना अनुसार दुई पदमा निर्विरोध चयन भएको छ । द्धिराष्ट्रिय उद्योग वाणिज्य महासंघको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्सबाट सन्दीप अग्रवाल र प्रदेश नं १ लाईको एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भैसक्नुभएको छ । बाँकी ६२ पदका लागि निर्वाचन हुनेछ ।

एफएनसीसीआई सचिवालयद्वारा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । सोमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।

यसैगरी वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघका १२ वटा सदस्य छन् । एसोसिएटतर्फ पनि ९ सय २३ र संस्थापक सदस्य तथा संघ र संस्थाहरुको तर्फबाट १२ मत छ ।

नर्वाचन कार्यक्रम निर्वाचन समितिले निर्वाचन कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवन, कमलादी, कार्की व्याङकेट, बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ, टेकुमा हुने जनाएको छ ।

 

कसका कार्यक्रम कस्ता ?

महासंघको आगामी नेतृत्व लिन अग्रसर ढकाल र प्रधान दुवै समूहल साधारणसभाको पूर्वसन्ध्यामा आआफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहले ‘एफएनसीसीआई भिजन–२०२५’ ले सार्वजनिक गरेको छ भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ‘किशोरकुमार प्रधान समूहले महासंघको आगामी कार्यदिशा अगाडि ल्याएको छ ।

ढकाल समूहले आफ्नो कार्ययोजनालाई तकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेको छ । तत्कालिन कार्ययोजना अन्तर्गत कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको उद्दार तथा राहत कार्यक्रम ल्याउने, त्यस्ता उद्योगलाई राहत दिन ब्याज छुट गर्ने, सावाँब्याज भुक्तानी गर्ने समयसीमा बढाउने लगायतका कार्यक्रम छन् ।

त्यस्तै, महामारीले खोलेका इकमर्श लगायतका अवसरलाई सदुपयोग गर्ने, तरलता व्यवस्थापन गर्ने, कृषि उपजमा आधारित आपूर्ति सञ्जाललाई सुदृढीकरण गर्ने, विदेशी लगानी भित्र्याउन पहल गर्ने, बैंकिङ ऋणीको साःख मूल्यांकनका लागि क्रेडिट रेटिङ र परियोजनामा आधारित कर्जामा लगानीको अभ्यास बढाउने लगायतका विषयहरु छन् ।

औद्योगिक शान्ति कायम गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सुदृढीकरण, श्रमिकको सीप विकास, विज्ञान प्र्रविधिमा आधारित अर्थतन्त्रको विकास तथा आर्थिक कुटनीतिमा समेत विशेष ध्यान दिने विषय २५ बुँदामा उल्लेख गरिएको छ । त्यस्तै महासंघको सांगगनिक रुपान्तरणको विषय समेत यसमा समेटिएका छन् ।

किशोर प्रधान समूहले सार्वजनिक गरेको १५ बुँदामा उद्योगी व्यवसायीको हकहितको रक्षा, व्यवसायी र लगानीकर्ताको मनोबल बढाउने विषय, महासंघको सांगठनिक सुदृढीकरण, सचिवालयको सुदृढीकरण, जिल्ला नगर र द्धिराष्ट्रिय समूहका सदस्यहरुको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरण, महासंघको छवि बढाउने, महासंघलाई आर्थिक उन्नतिको सम्बाहक बनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड दिने, कृषिको व्यवसायिकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला विकासका लागि विशेष कार्यक्रम ल्याउने, रोजगारमूलक उद्योग व्यवसायको विकास र विस्तारलाई प्र्राथमिकता दिने, श्रमिक व्यवस्थापन र सम्बन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विस्तार, निजी क्षेत्र अनुसन्धान विकास केन्द्रको स्थापनाका लागि पहल गर्ने तथा सामाजिक रुपले उत्तरदायी व्यवसायी बनाउने विषयहरु समावेश छन् ।

प्रधान समूहले आफ्नो कार्यदिशालाई कृषिको व्यवसायिकरण गर्ने, साना तथा मझौला उद्योगको विकास गर्ने तथा आयात प्रतिस्थापनका कार्यक्रम ल्याउने बिशेषताले भरिपूर्ण भनेको छ। कृषिको व्यवसायिकरण अन्तर्गत करार खेती, व्यवसायिक खेती, कृषिजन्य उद्योग प्रवद्र्धनको प्रवद्र्धन गर्ने र आफ्नै उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने विषयलाई महत्व दिइएको छ ।

वरिष्ठ उपाध्यक्षका उमेदवारमध्ये ढकाललाई पूर्वअध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, डी.बी बस्नेतलगायतका व्यवसायीको साथ छ भने प्रधानलाई पूर्व अध्यक्ष कुशकुमार जोशी, पशुपति मुरारका तथा आगामी अध्यक्ष गोल्छाको साथ र सहयोग रहेको छ । ।

आफ्नो व्यवसायिक उपस्थिति सबै जिल्ला र नगरमा पुर्याउन सफल भएकोले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल किशोर प्रधानभन्दा बढी बलियो देखिनुभएको छ । साधारण सभाको पूर्वसन्ध्यामा भक्तपुरमा भएको ७५ जिल्लाका जिल्ला नगर प्रतिनिधिहरुको भेलाले उहाँलाई समर्थन गरेको छ ।

 

Share Now

Leave a comment.