Prakash Adhikari February 1, 2018

काठमाडौं,१८ माघ,। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीको सचिवालयले भेटवार्तामा पारस्पारिक सद्भाव, आपसी चासो र द्धिपक्षीय हितका बारमो कुराकानी भएको बताएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहिबार अपरान्ह काठमाडौं आएकी भारतीय विदेश मन्त्री स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोजको कार्यक्रम राखेको थियो । सोही शान्त कुटनीतिक भोज पूर्व भेटघाट भएको हो ।

अपराहृन काठमाडौं अवतरित भएकी विदेश मन्त्री स्वराजले आफ्नो भ्रमण्मा विशुद्ध सद्भावना भ्रमण भएको बताएकी थिइन ।

भारतीय विदेश मन्त्रालयले उनको नेपाल भ्रमण मोदी सरकारको निकट छिमेकी पहिले(नेभरहुड फस्र्ट) भन्ने नीति अन्तरगत भएको उल्लेख गरेको छ ।

मोदी सरकारमा उनले विदेश मन्त्रालयको कार्यभार सम्हाले यता उनको यो सातौ नेपाल भ्रमण हो ।
भारतीय विदेश मन्त्री स्वराजले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीे शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई भेट्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.