काठमाडौं, ७ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुमतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर अध्यक्षबाट निष्कासित गरेको छ।
रिक्त भएको अध्यक्ष पदमा बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको छ।
पार्टी अध्यक्ष पदबाट ओलीलाई निष्कासन गर्ने प्रस्ताव आजै कार्की व्यांक्वेटमा बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकले प्रधानमन्त्री रहनुभएका ओलीलाई अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।
सो बैठकले पार्टीका प्रथम अध्यक्ष रहनुभएका ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट निष्कासित हो।
वरिष्ठ नेता झलनाथ खनालले रिक्त रहेको अध्यक्षको पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई नियुक्त गर्न राख्नुभएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो ।
नेकपाको ४ सय ४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४ सय ४१ सदस्य कायम रहेको बताइएको छ । आज मंगलबार बबरमहलमा बसेको बैठकमा ३ सय भन्दाबढि सदस्यहरु उपस्थित रहेको बताइएको छ।