Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पुस । नेपालको बाणिज्य बैंक क्षेत्रमा उत्कृष्ट सेवा दिंदै आएको नबिल बैंकले कोरोना भाइरसका कारण आर्थिक अवस्था प्रभावित भएको गत आर्थिक बर्षको नाफाबाट पनि लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सफल भएको छ ।

नबिल बैंकले कुल ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६ । ७७ को मुनाफा मध्यबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल यस बैंकको चुक्तापूँजी रू। १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । गत वर्ष यस बैंकले १२ दशमलव बोनस शेयर र २२ दशमलव नगद गरी कुल ३४ प्रतिशत लाभांश दिएको थियो ।

कोरोना प्रभावका कारण अधिकांश बैंकहरुको लाभांशमा कमि आउँदा नबिलले भने बढाएर लाभांश वितरणको प्रस्ताव गरेको हो ।

Share Now

Leave a comment.