Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पुस । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७५ ।७६ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले सो आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई ३१ प्रतिशत बोनश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको कम्पनीले बीमितलाई पनि राम्रो प्रतिफल दिँदै आएको छ ।

नेपाल लाइफको सञ्चालक समितिले गरेको उक्त निर्णय नियामक निकाय बीमा समिति र कम्पनीको आगामी हुने साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको रिजर्भ ३ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ छ ।

 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २८.५३ प्रतिशत बोनस र ४२ प्रतिशत नगद गरी कूल ७०.५३ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ र २०७१/७२ मा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, २०७०/ ७१ मा ६० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल ६८ लाभांश दिएको थियो ।

त्यस्तै, २०६९/७० मा ७० प्रतिशत बोनस र २८ प्रतिशत नगद गरी कूल ९८ प्रतिशत लाभांश दिएको थियो भने २०६८/६९ मा ७० प्रतिशत बोनस र ५६.३१ प्रतिशत नगद गरी कूल १२६ प्रतिशत लाभांश दिएको थियो । २०६७/६८ मा जम्मा ७.३७ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो ।

 

Share Now

Leave a comment.