Prakash Adhikari January 1, 2021

काठमाडौं, १७ पौष । प्रधामन्त्री के.पी. ओली निकट विघटित प्रतिनिधिसभाकी सदस्य निरुदेवी पालले सामाजिक सञ्जालमा बिहिबार पोष्ट गर्नुभएको विषय आजदेखि सुरु भएको राष्ट्रिय सभा बैठकमा बहसको ठूलो बिषय बन्न पुगेको छ ।

हिउँदे अधिवेशनको पहिलो दिन आफ्नो शुभकामना मन्तब्यमा नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीका अन्त्यन्तनिकट व्यक्तिबाटै संघीयता खारेजी गर्ने प्रस्ताव आउन थालेकोमा गम्भीर आपत्ति व्यक्त गर्नुभयो।
उहाँले बडो भावुक हुँदै भन्नुभयाो ‘प्रधानमन्त्री केपी ओलीको किचन क्याबिनेटकै एक नेत्री, जो प्रधानमन्त्री ओलीलाई बा भन्नुहुन्छ उहाँले संघीयता खारेजी गर्न माग गर्नुभएको कुरा आएको छ सत्य कुरा के हो ?’


क. निरुदेवी पालको सचिवालय                                                                                                                                     Facebook Icon - Free Download, PNG and Vector

22 hours ago

सम्माननिय प्रधानमन्त्री ज्यु अाट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद काे सिट १०५ केन्द्र काे मन्त्रीमण्डल बढिमा१५ सदस्यीय र भ्रष्टाचारी लाई जेलकाे कालकाेठरी मा सडाउने अाट गर्नुस नेपाली जनताकाे मनमस्तीस्कमा सधै बस्नुहुनेछ।मेराे ब्यक्तिगत बिचार ।।


नेकपा नेतृ निरुदेवी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर अब संघीयता खारेज गर्न उक्साउदै लेख्नुभएको थियो,‘सम्माननीय प्रधानमन्त्रीज्यु आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् नेपाली जनताको मनमस्तिष्कमा सधै बस्नुहुनेछ’।

प्रधानमन्त्री ओलीमाथि वर्तमान संविधान च्यात्न खोजेको नेपाली जनताले साढे ७ दशक लामो संघर्ष गरेर ल्याएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षतासहितको बहुदलीय संसदीय व्यवस्थालाई उल्ट्याएर अधिनायकवादी शासन पद्धति स्थापना गर्न अग्रसर भएको र प्रतिगमनको गोटी बनेको आरोप लागिरहेको बेला नेत्री पालले गर्नुभएको आग्रहले ओली विरोधीलाई थप मसला मिलेको छ ।

 

Share Now

Leave a comment.