Prakash Adhikari January 24, 2021

 

मेलवर्न(अष्ट्रेलिया), ११ माघ । अष्ट्रेलियाको चर्चित टी २० क्रिकेट लिग बीग ब्यास लिग(बीबीएल) अन्तरगत आइतबार भएको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

आज मेलबर्नमा भएको बीबीएलको ५२ आं खेलमा सन्दीप आबद्ध होबर्ट हुरिकेन्सले सिड्नी सिक्सर्ससंग प्रतिस्पर्धा गरेको थियो ।

होबार्ट हुरिकेन्सबाट १ सय ८९ रनको लक्ष्य पाएको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १ सय ८१ रन मात्र बनाउन सक्यो । ७ रनले पारजित सिक्सर्सले खेलको नतिजा सन्दीपको हुरिकेन्सलाई सुम्पियो ।

खेलमा नेपाली स्टार सन्दीपले २ विकेट लिए । उनले १२ औं ओभरमा मोएसिस अनरिके र जोर्डन सिल्कको ७० रनको साझेदारी तोडेका थिए ।

अनरिकेलाई १२ औं ओभरको चौथो बलमा डी आर्थी सर्टबाट क्याचआउट गराएका सन्दीपले अर्को बलमा डान क्रिस्टियनलाई शून्यमै बोल्ड गरेका थिए ।  उनले ४ ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिंदा २४ रन जोड्ने मौका दिएका थिए।

खेलमा सिक्सर्सका जोर्डन सिल्कले सर्वाधिक ७८ रन बनाए भने मोइरस अनरिकले ४३ रन जोडे । त्यस्तै जोस फिलिपले १२, डानियल हग्स्ले ११, कार्लोस ब्रेथवेटले ६, स्कान अर्वोट र जेम्स भिन्सले ५।५ रनको योगदान दिए ।

सिक्सर्सलाई रोक्ने क्रममा नाथन इलिसले ३, सन्दीप लामिछाने र स्कट बालेन्डले २।२ र रिले मेरेडिथले १।१ विकेट लिए ।

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । होवर्टका लागि क्याप्टेन म्याथु वादेले ८६, डी अर्ची सर्टले ७२, डेभिड मलानले ११, टिम डेभिडले ७, वेन म्याक डर्मोटले ४,नाथन इलियसले २ र विल ज्याकले १ रनको योगदान दिएका थिए ।

सन्दीपको होवर्टलाई रोक्नका लागि सिड्नी सिक्सर्सका सि एबोट, बेन ड्वारसिस र ज्याक बेलले समान २ । २ विकेट लिएका थिए ।

सातौं जितपछि १३ खेलबाट २७ अंक जोड्दै होबार्ट पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ३२ अंकसहित सिक्सर्स दोस्रो स्थानमा छ ।

Share Now

Leave a comment.