Prakash Adhikari February 3, 2018

रत्ननगर (चितवन), २० माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन् ।
चितवनको रत्ननगरमा शनिबार सम्पन्न महासंघको पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी तीन वर्षेको लागि कर्मचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो।

उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २ सय ७९ मत अन्तरले पराजित गरेका थिए । कर्माचार्यले ९ सय ८७ मत प्राप्त पाए भने डोलनाथ खनालले ७ सय ८ मत प्राप्त पाएका थिए । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन् । यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार मत प्राप्त गरी विजयी भए ।

मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी भएका छन भने कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त विजयी भएका छन् ।

Share Now

Leave a comment.