बीरेन्द्रनगर(सुर्खेत), २१ माघ । प्रदेश–६मा पहिलो प्रदेशसभा अधिवेशनको पहिलो बैठकको तयारी पूरा भएको छ।
आजदेखि बस्ने प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा मुख्य गरी तीनवटा विषयमा छलफल केन्द्रित गरिने भएको छ।
प्रदेशसभा बैठकले बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमा छलफल गर्ने कार्य तयार पारी सकेको छ। त्यस्तै, माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पनि कार्यसूचिमा राखिएको छ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले प्रदेशसभा बैठकको तयारी पूरा भएको जानकारी दिएका छन् ।
प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहलको सजावट, रङरोगन, गेट निर्माण लगायतका काम पूरा भएको छ।
बैठकमा आउने आगन्तुक, सञ्चारकर्मी , तथा दर्शकहरुका लागिसमेत ठाउँ छुट्टयाइएको छ।
संञ्चारकर्मीलाई सूचना संकलनका लागि अडियो र भिडियोको व्यावस्था बैठक हल बाहिर नै मिलाइएको छ।