उपाधिसँगै आर्मीले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपीएफले ५ लाख रूपैयाँ । प्रतियोगितामा तीनवटा विभागीय क्लबसँगै सातै प्रदेशले सहभागिता जनाएका थिए।
काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाली सेनाको विभागीय टिमले जितेको छ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम(एपीएफ क्लब)लाई ३३ रनले पराजित गर्दै नेपाली सेनाको विभागीय टिम(त्रिभुवन आर्मी क्लब)ले उपाधि जितेको हो।
नेपाली सेनाले यस अघि पहिलो प्रधानमन्त्री कपको उपाधि नेपाल प्रहरीसंग उपाधि बाँडेको थियो।
प्रतियोगितामा नेपाली सेनाको टिमले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा सशस्त्र प्रहरीले ४१.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो।
लक्ष्य हासिल गर्ने क्रममा सशस्त्रका ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। सन्दिप जोराले २९ रन, शंकर रानाले २१ रन, सुमित महर्जनले १९ रन तथा सुबास खकुरेलले १४ रन बनाए।
सशस्त्रलाई रोक्ने क्रममा त्रिभुवन आर्मी क्लबका बिक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३ । ३ विकेट लिए भन सुशन भारीले १ विकेट लिए।
यस अघि टस जितेर सशस्त्र प्रहरी क्लबले बलिड. रोजेपछि ब्याटिंग गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।
नृपाली सेनाको लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए १ सय २ बलमा ६ चौका प्रहार गरे। राजेश पुलामीले २८ रन, शाहब आलमले अविजित २५ रन, लोकेश बमले १५ रन रोहित पौडेल र सुशन भारिले समान १३ रन तथा अनिल मण्डल र बिक्रम सोबले समान ११ रन बनाए। भिम शार्की र बिनोद भण्डारीले समान ७ रन बनाए।
सशस्त्रको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले २ विकेट तथा कमल ऐरी र भुवन कार्कीले समान १ । १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा सशस्त्रले गत सिजनको डिफेण्डिड. च्याम्पियन नेपाल पुलिस क्लबलाई तथा नेपाली सेनाले बागमती प्रदेशलाई पराजित गरेका थिए।
उपाधिसँगै आर्मीले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपीएफले ५ लाख रूपैयाँ । प्रतियोगितामा तीनवटा विभागीय क्लबसँगै सातै प्रदेशले सहभागिता जनाएका थिए।