Prakash Adhikari January 30, 2021

 

मुम्बई(भारत), १७ माघ । हिन्दु धार्मिक ग्रन्थ ‘रामायण’मा आधारित भएर भारतमा ठूलो बजेटको चलचित्र निर्माण गर्ने तयारी भएको छ ।

निर्माता मधु मेन्टानाले बनाउने यो फिल्मको लगानी करिब ४ अर्ब भारतीय रुपैया(४०० करोड भारु) हुने बताउनुभएको छ ।

आफ्नो नयाँ फिल्म ‘रामायण’ प्रति अति नै विश्वस्त रहनुभएका मधुले फिल्मका लागि भगवान रामको रोलमा ऋतिक रोशन र सीताको रोलमा दीपिका पादुकोण फाइनल भएको जानकारी दिनुभएको छ ।

‘रामायण’ को निर्देशन ‘दंगल’ फेम्ड निर्देशक नितेश तिवारीले गर्दैछन् । यसलाई हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गर्ने तयारी छ ।

फिल्मलाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मेन्टानाले मिलेर निर्माण गर्दैछन् । यसमा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ ।

निर्देशक तिवारीका अनुसार, फिल्ममा रावणतर्फको कथालाई देखाइनेछ ।

निर्देशक रामानन्द सागरले १९८७ मा पहिलो पटक रामायण ग्रन्थमाथि टेलिभिजन श्रृङ्खला बनाउनुभएको थियो । त्यसबेलाको यो सबैभन्दा हिट सिरियल थियो ।

सन् २०२० को लकडाउनमा पनि यसले टिआरपीमा रेकर्ड राख्यो । २०२० को अप्रिलमा यो सिरियललाई ७ करोडभन्दा बढीले हेरेका थिए ।

१९८७ मा ‘रामायण’ सिरियलको प्रसारण पहिलो पटक दूरदर्शन टिभीबाट भएको थियो ।

Share Now

Leave a comment.