Prakash Adhikari February 2, 2021

नयाँदिल्ली(भारत), २० माघ(रासस /एएफपी) । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ ।

सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।

इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भन्नुभयो, “कोभिड–१९ विरूद्धको खो आपूर्ति गर्न इयूका विद्यमान नियमहरूमा परिवर्तन गरिएमा भारतले संघलाई खोप उपलब्ध गराउन सक्छ ।” युरोपमा चाँडै खोप आपूर्ति गर्नका लागि विद्यमान नियमहरूले अवरोध गरेको पनि उहाँले बताउनुभयो ।

सीरम इन्स्टिट्युटका अनुसार कम्पनीबाट कोरोनाभाइरस खोपलाई दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको छ । खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइरहेको छ ।

भारतले कोभ्याक्स कार्यक्रममार्फत् गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ

Share Now

Leave a comment.