Prakash Adhikari February 2, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २० माघ ( रासस एएफपी) ।फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।

कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।”

फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।

फाईजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।
–––

Share Now

Leave a comment.