Prakash Adhikari February 2, 2021

 

अबुधाबी(संयुक्त अरब इमिरेट्स), २० माघ । संयुक्त अरब इमिरेट्समा भैरहेको अबुधाबी टि १० लिगमा नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले विकेटको पहिलो खाता खोलेका छन्। उनले जन्मदिनको अवसरमा अन्तर्राष्ट्रिय लिगमा विकेट लिने भाग्य जुराएका हुन् ।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा कलन्दर्सले लगातार चौथो जित दर्ता गर्ने क्रममा ४ विकेटले मराठा अरेबियन्सलाई पराजित गर्यो। चौथो खेल खेल्दा मराठाको यो लगातार तेश्रो हार हो।

खेलमा मराठाले दिएको १ सय २ रनको लक्ष्य कलन्दर्सले ६ विकेट गुमाएर ८.१ ओभरमा भेटायो। कलन्दर्सको लागि शर्जिल खानले सर्वाधिक २८ रन, बेन डंकले अविजित २६ रन तथा सोहेल अख्तरले २० रन योगदान दिए।

https://youtu.be/sxbwUu4LZIk

मराठाको बलिंगमा यामिन अहमदजाईले २ विकेट लिए भने सोमपाल कामी, शोयब मलिक र इशान मलहोत्राले १। १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

मराठाको लागि ओपनर मोहम्मद हफिजले सर्वाधिक ४४ रन बनाए भने शोयब मलिकले २३ र अब्दुल शाकुरले ११ रन बनाए।
मराठालाई रोक्ने क्रममा कलन्दर्सका फास्ट बलर सोहेल तन्भिरले ३ विकेट तथा सुल्तान एहमद र डन्याल अहमदले समान १ । १ विकेट लिए।

सोमपाललाई जन्मदिन फलिफाप

चौथो ओभरमा बलिंग गर्न आएका सोमपालले पहिलो बलमा रन दिएनन्। दोश्रो र तेस्रो बलमा उनलाई शर्जिल खानले छक्काले स्वागत गरे। । चौथो बलमा शर्जिलले १ रन लिए। पाँचौ बलमा सोहेल अख्तरले छक्का प्रहार गरे।

ओभरको अन्तिम तथा छैठौं बलमा सोमपालले सोहेल अख्तरलाई एलबीडब्लु आउट गरे।

ओभरमा १९ रन खर्चेका सोमपालले चौथो खेल खेल्दा पहिलो विकेट प्राप्त गरे। दोश्रो ओभर भने सोमपालले बलिंग पाएनन्। कलन्दर्सका कप्तान सोहेल अख्तर यस अघि खेलेको तीन वटै खेलमा अविजित रहेका थिए।

लिग अन्तर्गत यसपहिलेका तीन खेलमा सोमपाल विकेटविहिन रहेका थिए। उनले पहिलो खेलमा नर्दर्न वारियर्स बिरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए। यस्तै दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध १ ओभरमा १७ रन खर्चेका थिए। तेश्रो खेलमा बांग्ला टाइगर्स बिरुद्ध १ ओभरमा १२ रन खर्चेका थिए।

Share Now

Leave a comment.