Prakash Adhikari February 4, 2018

दुबई(संयुक्त अरब इमिरेट्स), २१ माघ । आइसीसी विश्व क्रिकेट डिभिजन २ प्रतिस्पर्धा गर्न नामिबिया जाने नेपाली राष्ट््िरय क्रिकेट टीमलाई एभरेष्ट मार्सल आर्ट एण्ड स्पोटर्स क्लबले दुबईले युएईमा एक भव्य कार्यक्रम सहित विदाई गरेको छ ।

नामिबियातर्फ जाने नेपाली क्रिकेट टोलीलाई काठमाण्डौ प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । उक्त बिदाई कार्यक्रममा एभरेष्ट मार्सल आर्टका पदाधिकारी र काठमाण्डौ प्यालेस रेस्टुरेन्टका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

नामिबिया उड्नु अघि नेपालले युएईको ए टिमसँग तीन वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपाली टोलीले दुई खेलमा जित हात पारेको थियो ।

डिभिजन टु अन्तरगत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारिखका दिन घरेलु टोली नामिबियासँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै दोस्रो खेल ९ फेब्रअुरीमा ओमानसँग खेल्नेछ भने तेस्रो खेल ११ फेब्रुअरीमा युएईसँग खेल्नेछ । त्यसैगरी चौथो खेल १२ फेब्रअुरीमा कैन्यासँग खेल्नेछ भने अन्तिम खेल १४ फेब्रुअरीमा क्यानडासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली यसै बर्ष जिम्बाबेमा हुने क्रिकेट विश्वकप छनौट खेलका लागि छानिने छ ।

Share Now

Leave a comment.