जनकपुरधाम(धनषा),२२ माघ । संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ ।
प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लडेका थिए ।
जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिए ।
मुख्यमन्त्रीका लागि राउतसँगै कोषध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दावेदार थिए ।
वौद्धिक युवा नेताका रुपमा परिचित लालबाबु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष हुन । उनी दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट सभासद थिए ।
पार्टीभित्र राउत अध्यक्ष उपेन्द्र यादवका दाहिने हातका रुपमा परिचित छन् ।