Prakash Adhikari February 26, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिकी), १४ फागुन(एपी) ।अमेरिकी सेनाले पूर्वी सिरियामा हवाई आक्रमण गरेको छ । पेन्टागनले जनाए अनुसार इरानको आडमा सञ्चालित मिलिसिया भएका स्थानमा हवाई आक्रमण गरिएको हो ।

अमेरिकामा नयाँ राष्ट्रपति जो वाइडनले सत्ता सम्हालेपछि मध्यपूर्व र विश्वमा नै गरिएको यो पहिलो सैन्य आक्रमण हो ।

वाइडन प्रशासनले अमेरिका आफ्ना नागरिक, गठबन्धनका नागरिक र आफ्नो अन्तर्राष्ट्रिय चासोमा कुनै संझौता गर्दैन भन्ने सन्देश दिन यो आक्रमण गरेको जनाएको छ ।

करिब १० दिन पहिले इरानको आड पाएका मिलिसियाहरुले गरेको आक्रमणमा परि एक जना ठेकेदारको मृत्यु हुनाका साथै अमेरिकी र गठबन्धन सेनाका जवानहरु घाइते भएका थिए ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले क्यालिफोर्नियाबाट वासिंटन जानेक्रममा आफूसंगै रहेका संवाददाताहरुलाई अमेरिकी सेनालाई तारो बनाउदै आएका सिया मिलिसियालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बताउनुभएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबाइले अमेरिकी कदमा कुटनीतिक मर्यादा र गठबन्धनका साझेदारहरुसंगको परामर्शका आधारमा गरिएको समुचित सैन्य प्रतिक्रिया भएको बताउनुभएको छ ।

उहाँले यो कारबाहीले अमेरिका आफ्ना र गठबन्धनका नागरिकहरुको सुरक्षामा पूर्ववत रहेको छ र मध्यपूर्व र इराकको अवस्था विग्रन नदिन उत्तिकै सचेत छ भन्ने स्पष्ट सन्देश दिएको बताउनुभएको छ ।

उहाँले बिहिबारको कारबाहीले सिरियाको सीमावर्ति क्षेत्रमा कतायब हजबुल्लाह,कतायव सैयद अलसुहादा लगायतका इरानको आड पाएका मिलिसियाहरुको केन्द्र रहेका स्थानका धेरैखाले सुविधाहरु नष्ट गरेको छ ।

संयुक्त राज्य अमेरिकाले इराकमा रहेका आफ््नो सैन्य र हितलाई लक्षित गरी कतायव हेजबुल्लाहरुले कैयौंपटक आक्रमण गरेको आरोप लगाउदै आएको छ ।

 

 

Share Now

Leave a comment.