काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ।
बिहीबार राति असहज भएपछि उहाँलाई वीर अस्पताल लगिएको थियो । बीरले आज (शुक्रबार) बिहान नर्भिक अस्पताल रेफर गरेको छ।
बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उहँलाई वीर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक सारिएको हो।
कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
अहिले उहाँको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ।


















