Prakash Adhikari March 3, 2021

 

काठमाडौं , १९ फागुन । नेपाल क्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यको समर्थन रहेको दावी गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले प्रधानमन्त्री के.पी.ओलीको समूहमा रहेका ७ जना नेतालाई कारबाही गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको प्रचण्ड नेपाल पक्षीय स्थायी समितिको बैठकले ससंदीय दलका उपनेता रहेका सुवासचन्द्र नेम्बाड. केही दिन पहिले प्रधानमन्त्री ओलीले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएका विशाल भट्टराई, नेताहरु महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो । स्थायी समितिको बैठक लगत्तै बसेको केन्द्रीय समितिको बैठकले उहाँहरुमाथि गर्ने कारबाहीको प्रस्तावलाई अनुमोदन गरेको छ ।

त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ ।

उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरणको मौका नदिइकन कारबाही गरिएको छ ।

प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।

सो बैठकले नेम्वाङलाई पार्टीको अन्तरिम विधान उल्लंघन गरेको भन्दै उहाँलाई निलम्बन गर्न र तीन दिनभित्र उपनेता पदबाट राजीनामा गर्न निर्देशन दिएको हो।

 

Share Now

Leave a comment.