काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीलाई पितृ शोक परेको छ ।
उहाँका ८३ बर्षीय पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको शनिवार अपरान्ह २ बजे तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
वि.सं. १९९४ सालमा जन्मनु भएका स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँको निधनमा नेपाली कांग्रेसले एक शोक विज्ञप्ति निकाल्दै उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ केन्द्रीय सदस्य दिपक गिरी लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।


















