क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), २४ फागुन(बीबीसी) । डचिस अफ ससिक्स मेगन मार्कलले ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताउनुभएको छ।
व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रीसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि नपाएको बताउनुभयो।
उहाँले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमीठो अनुभव भएको बताउनुभयो।
राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चार्ल्सले आफ्नो फोन नै उठाउन छोडेको बताउनुभयो।
बहुप्रतीक्षित सो अन्तर्वार्ता आइतवार राति अमेरिकामा प्रसारण भएको थियो।
#EXCLUSIVE: Prince Harry reveals to @Oprah a “large part of” the reason he and Meghan left the UK was because of racism. #OprahMeghanHarry pic.twitter.com/ksAZWargg1
— CBS Mornings (@CBSMornings) March 8, 2021
सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा खुलेर बोल्नुभएको छ।
दुवै जनाले मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गर्नुभएको छ।
सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएको छ।
गत महिनामात्रै यो दम्पत्तिले राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरेको थियो।
अन्तर्वार्तामा दुवै जनाले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताउनुभएको छ।
“मैले यो बुझेँ कि उनीहरू मलाई बचाउ नगर्ने मात्रै होइन, उनीहरू परिवारका अन्य सदस्यलाई बचाउ गर्न झुटो बोल्न पनि तयार थिए।”मेगनले सन् २०१८ को विवाहपछि अवस्था बिग्रिन सुरु भएको बताउनुदै भन्नुभएको छ,“तर उनीहरू मलाई र मेरो पतिलाई बचाउन सत्य बोल्न पनि तयार थिएनन्।”
ओप्राले आत्महत्याको सोच आएको थियो कि भनेर सोधेको प्रश्नमा मेगनले भनिन्स् “थियो। यो एकदमै स्पष्ट थियो। एकदमै स्पष्ट र एकदमै डरलाग्दो। कोसँग कुरा गरौँ भन्ने मलाई थाहा थिएन।”
Oprah reveals more unseen footage of Meg and Harry as 'Queen cancelled their overnight stay' https://t.co/UqfEe8S9il pic.twitter.com/W5g2KuWBYR
— The Sun (@TheSun) March 8, 2021
पहिलो आधा अन्तर्वार्ता एक्लै दिनुभएकी मेगनलाई त्यसपछि ह्यारीले साथ दिनुभएको थियो। ह्यारीले आफ्नो परिवारको अन्य सदस्यहरूसँगको सम्बन्धको बारेमा कुरा गर्नुभएको छ।
ह्यारीले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र नियमित कुराकानी गरिरहने पनि बताउनुभएको छ।
तर उहाँले आफ्नै बुवा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको बताउनुभएको छ।
राजकुमार विलियमको सम्बन्धमा दुई फरक बाटोमा हिँडेको बताउनुहुने ह्यारीले आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छोडेको पनि बताउनुभयो ।
In January 2020, Prince Harry and Meghan announced plans to step back as senior members of the Royal family. In this exclusive clip, they tell @Oprah they were then invited to spend time with his grandmother, the Queen, but the plans abruptly changed citing she's "busy all week." pic.twitter.com/dLhq0SAgfN
— CBS Mornings (@CBSMornings) March 8, 2021


















